नेपालमा अस्थिरता, भ्रष्टाचार र माफियातन्त्रको जगजगी

शंकरप्रसाद रिजाल
११ मंसिर २०८० ११:१६

करिव २५० वर्षसम्म सिंगो नेपाल अधिराज्यलाई बचाइ आएको शाह बंशको कार्यकाल बिसं.२०६२÷०६३ सालमा आएर अन्त्य हुन पुग्यो। देशले जगेर्ना गरी आएको सेतो हात्ती ढल्यो।

त्यसपछि सुरु भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएपछि मुलुकमा झन् विकास हुने र मुलुक विकसित राष्ट्रमा परिणत हुने जनताले अपेक्षा गरेका थिए। आफूलाई परिवर्तनका सम्वाहक भन्ने दलहरुले पनि दश वर्षभित्र मुलुकको कायालपट गर्ने आश्वासन बाँडेका थिए।

तर यो बीचमा जनताको अपेक्षा र नेताहरुको भाषण भाषणमै सीमित मात्रै भएको छैन, मुलुकमा अस्थिरता, भ्रष्टाचार, अन्याय। अत्याचार र दलाली तथा माफियातन्त्र झांगिएको छ। र यो प्रदुशित बातावरणले सारा नेपाली जनता आज निसास्एिका छन्।

देशमा जताततै बेथितिका मुसाहरु यत्रतत्र दगुरी रहेका छन् र ती मुसा प्रवृत्तिका कारण आज मुलुकको अस्मितामागि नै आँच आएको छ। देशको हरेक क्षेत्र नियम, नीति, बिधि, प्रणाली र तन्त्र बिस्तारै खोक्रो सावित हुँदैछ।

यो सयौं वर्षको शाही शासनले आर्जेको सिंगो पूर्वमा मेची र पश्चिममा माहाकालीसम्म फैलिएको नेपालको भू-स्वामित्व र उत्तरमा बिशाल हिम शृंखला, बीचमा चुरे भावरका अग्ला अग्ला पहाड, गरै गराका थेप्चे ढिस्का तथा दक्षिणतर्फका तराईका सम्म फाँट र मैदानहरुको आफ्नै मौलिक बिशेषता रहेको छ। यस्तो देश आज भ्रष्टाचार, अन्याय, बेथिति र माफियातन्त्रले आक्रान्त भएको देख्दा कुन चाहीँ सच्चा नेपाली “भुँइ” मान्छेको मन नरोला।

२५० वर्षको शाह बंशीय शासनकाल सन् १५५९ द्रव्य शाहको पालादेखि सुरु भै सन् २००८ मा राजा ज्ञानेन्द्रको शाशनसम्म रह्यो। यो अवधिमा जम्माजम्मी २१ शाह राजाहरुले शाशन गरेको पाइन्छ। जसमध्ये राम शाहको पालामा गोरखामा न्याय व्यबस्थाको राम्रो व्यवस्था थियो।

अब देशको व्यवस्थालाई यथावत् राखी बिसंगतीलाई जरैदेखि उखेलेर नफालेसम्म देशमा स्थिर सरकार, स्थिर अर्थतन्त्र, आधुनिक प्रविधि, आधुनिक चिकित्सा पद्धति र हरक्षेत्रमा सुधार ल्याउन देशको सदनमा नयाँ र नौला होनहार युवा युवतीको प्रवेश हुनुपर्छ।

त्यसै कारणले त उनको पालामा “न्याय नपाए गोर्खा जानु” भन्ने प्रचलित कहावत सुरु भयो। त्यसपछि अरु शाह राजाहरु हुने र हट्ने, कोही शासन छोडी कासी जाने, कोही चाँडो मर्ने गरी कालान्तरमा सन् १७०३ मा पृथ्वी नारायण शाहको पालामा आइ फेरि शाह शासनको उदय भयो। उनी भ्रस्टाचार, अन्याय, अत्याचार तथा माफिया विरोधी एक बहादुर र शाहसी तथा दूरदर्शी लडाकु राजा थिए।

सारा उनको जीवन बिभिन्न भुरे टाकुरे राज्यलाई एकीकरण गरी सिंगो नेपाल बनाउन नै बित्यो। त्यस उप्रान्त फेरि राजाहरु कमजोर बन्दै गए। तर भ्रष्टाचार र घुसखोरी भने सुन्नमा आएको थिएन।

त्यसपछि राणाहरुको अनेक प्रताडना र बन्दी जीवनबाट उम्किएर राजा त्रिभुवन देशमा जनतासँगै लागेर भारततर्फ लागेको इतिहास छ। देशमा राणाले गरेको मनपरी सहन नसकी त्यसको बिरोधमा एकैचोटी नेपालमा प्रजातन्त्र ल्याइ सबै कुराको थिति मिलाउने भन्ने कुरा चानचुने थिएन।

केही विलासी जीवन बिताएपनि देशको परिस्थितिदेखि बिरक्त भइ जनतासँग लागेर राजा हिँड्नु भनेको साधारण कुरा पक्कै होइन। २००७ सालमा देशमा प्रजातन्त्रको उदय भयो। राजा र जनता मिलेर देशमा शासन गरे।

तर जब जनताले सरकार चलाउन थाल्यो तब देशमा नीतिगत भ्रष्ट कामहरु सुरु भयो। २०११ सालमा पहिलो जनताका प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाबाट भारत सरकारको इच्छामा कौडीको मूल्यमा कोसी बेच्ने काम भयो। नेपालको इतिहासमा यो पहिलो भ्रस्ट नीतिगत र असमान सम्झौता थियो। यहीँबाट नीतिगत भ्रष्टाचारको सुरुवात भयो।

त्यसपछि भारत सरकारको लहलहैमा लागेर भ्रष्टाचार हरेक प्रधानमन्त्री र मन्त्रिपरिषद्बाट आर्थिक अपचलन हुने र राजनैतिक पराधिन हुने कुराहरुको निर्णय हुन थालेपछि देशमा विसंगतिको आगो बलेर देश झन्डै भारतको पोल्टोमा जान थालेपछि २०१५ सालको जननिर्बाचित बिपी कोइरालाको सरकारलाई समेत राजा ५ महेन्द्रले २०१७ सालमा अपदस्त गरी देशमा पञ्चायती शासन सुरु गरे।

व्यवस्था जेसुकै भएपनि उनको दश वर्षको शासन कालमा देशले नसोचेको बिकास र संमृद्धि पाउन सफल भयो। त्यसताका राजा भ्रष्टाचार गर्दैनथे। बरु कँहा भ्रष्टाचार छन् भनी नियाली नियाली छद्म भेषमा देश दौडाहामा हिँडिरहन्थे।

देशमा भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचार होला कि भनेर अलि कडा शासन र बिदेशी चिडिन्छन् कि भनेर पञ्चशील सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीति अबलम्बन गरि शासन गर्दथे।

वास्तवमा उनी देशका राजनेता कै रुपमा गनिन्थे र आज सम्मपनि गनिने चलन छ। त्यसताका राजा र नेताहरु भ्रष्ट, अत्यचारी र मनपरी गर्ने नैतिकता हराएका भने थिएनन्। यसरी नै बित्यो नेपालको दिनचर्या २०४६ सालसम्म।

मानिस धेरै बिदेश नजाने भएपछि बिदेशी मुद्रा बचत थियो। राष्ट्रिय आम्दानी अन्तर्गत हुन आउने कुल ग्राहस्थ उत्पादन, कुल राष्ट्रिय उत्पादन, मानव विकास सूची, पब्लिक उपभोग र लगानी जस्ता आर्थिक परिसूचक सन्तोसजनक रुपमा रहेको थियो। कुनै पनि कुरा ऋणात्मक रुपमा रहेको थिएन। फजुल खर्चहरु थिएन। नेताहरु भ्रष्टाचारी र कर्मचारी त्यति घुस्याहा थिएनन्। व्यापारी त्यति ठगाहा थिएनन्।

तर जब २०४७ सालको संविधान निर्माणपछि २०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बने, त्यसपछि नेपालमा भ्रष्टाचार, नीतिगत भ्रष्टाचार अन्याय, अत्याचार, बेथिति र माफियातन्त्रको प्रारम्भ भयो। पार्टीमा अन्तर्घात, जालझेल सुरु भयो।

विद्यार्थी लाई ट्रेड युनियन खोल्न दिइयो। कर्मचारीमा फाटो उत्पन्न गराई कार्यालय भित्र नै संगठनको निर्माण हुन पुग्यो जसले गर्दा सारा कार्यालयमा घेराउ गर्ने र बन्द समेत गर्ने शृंखलाहरु बढ्दै गयो।

माओवादीको जनयुद्ध, २०५८ सालको अकल्पनीय दरबार हत्याकाण्ड पछि देशमा मच्चिएको लुटतन्त्र र त्यसै बेला नेताहरुमा हराउँदै आएको नैतिकता, देशप्रतिको माया र बढ्दै गएको लोभ, स्वार्थीपना, अहमता र भ्रष्टिकरणले देश आक्रान्त बन्न पुग्यो।

नेताहरु भ्रष्ट भएपछि बिस्तारै तलतल सर्दै सबैले नियम छल्दै, मिच्दै लुकीछिपी देशलाई आर्थिक रुपमा र राजनैतिक रुपमा दोहन गर्न थालियो। देशमा संविधान बनाउने भनेर ६ महिनामा सकिने कुरा ४ वर्ष लगाई अरबौं रुपैयाँको आर्थिक बिचलन भयो।

त्यस बीचमा देशका नदीनाला भारतलाई बेची सकेका थिए। अन्य कति आर्थिक घोटाला भयो त्यो महालेखा परीक्षकको प्रतिबेदनमा प्रष्ट छ। त्यसमा पनि खुल्न नसक्ने अन्य आर्थिक अपचलन अझ कति हो कति।

पञ्चायतको पालामा २१ अरबको राष्ट्रिय ऋण बोकेको देशले आज ३२ खरब ऋण बोकेको छ।

उद्योग कलकारखाना सबै आर्थिक उदारीकरणको नाममा कौडीको मूल्यमा बेची सबै कुरालगायत पातका दुना टपरी, धागोका जनैसमेत आयात गरी देशका सम्पूर्ण नेताहरु आज आ-आफूले गरेका आर्थिक र नीतिगत भ्रष्टाचारलाई अनेक तरिकाबाट लुकाइ छिपाइ सोझा जनतालाई गुमराहमा पारेर देशको बाहक नभइ जनता र राष्ट्रको बाधक बनी देशलाई झन् अस्थिर, भ्रष्टिकरण, अत्याचार, अन्याय र काण्डहरुको दल दलमा फसाइ देशलाई झण्डै असफल राष्ट्र बनाउने काम २०४७ सालपछिका देशमा प्रधानमन्त्री भएकाहरुले गरेका छन्।

नेताहरु अझै पनि “हामी नै नेपालको बिकास गर्छौं” भन्दै घरी बालुवाटार, घरी बालकोट, घरी बुढानीलकण्ठ र घरी खुमलटार सकिनसकी पानीको लौरो टेकी दौडिरहेका छन्।

अब देशका नौजवान, बिदेशमा रहेका नेपाली नौजवान युवा युवती र स्वदेश र बिदेशका शुभ चिन्तकले यो कुरा थाहा पाइनसकेका छन कि यिनीहरुबाट यो देश उंभो लाग्दैन।

अब देशको व्यवस्थालाई यथावत् राखी बिसंगतीलाई जरैदेखि उखेलेर नफालेसम्म देशमा स्थिर सरकार, स्थिर अर्थतन्त्र, आधुनिक प्रविधि, आधुनिक चिकित्सा पद्धति र हरक्षेत्रमा सुधार ल्याउन देशको सदनमा नयाँ र नौला होनहार युवा युवतीको प्रवेश हुनुपर्छ।

यी सबैको शक्तिबाट भ्रष्ट, माफिया र अस्थिरताका पुजारीहरूको अन्त्य हुनु पर्ने बेला आएको छ। बेलैमा सचेत नहुने हो भने देशको अस्थित्वमाथि नै खतरा उत्पन्न नहोला भन्न सकिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *