एनएसएल : झापामाथि इलाम १–० ले विजयी
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत स्पोर्टिंग इलमले झापा एफसीलाई पराजित गरेको छ ।
सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा इलामले झापालाई १–० गोल अन्तरले पराजित गरेको हो ।
स्पोर्टिंग इलामको जितमा खेलको ८७औँ मिनेटमा अमाथ एण्डवले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अमाथले यसअघि यसै खेलमा पेनाल्टी मिस गरेका थिए ।
यो स्पोर्टिंग इलामको दोस्रो खेलमा पहिलो जित हो । यस अघि खेलेको पहिलो खेलमा इलाम काठमाडौं रेजर्ससँग १–० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै झापाले भने आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।
अब एनएसएल अन्तर्गत मंगलबार काठमाडौं रेजर्स र एफसी चितवनबीच खेल हुने तालिका रहेको छ ।
प्रतिक्रिया
Facebook Comment