रसियन सेनामा आबद्ध नेपाली युवाको कथा : पैसाका लागि ज्यानको बाजी लगाउन बाध्य छौं (भिडियो)
काठमाडौं। रुस युक्रेनबीच जारी युद्धमा नेपालका युवाहरु रसियन सेनामा भर्ना भएर युक्रेन विरुद्ध युद्ध लडेको सार्वजनिक भइरहेको छ।
नेपाली युवाहरु भिजिट भिसामार्फत दुबई हुँदै रसिया पुगेर त्यहाँको भाडाको सेनामा भर्ना भएर युद्धरत रहेका छन्।
दुई देशीय युद्धमा रुसी पक्षबाट युद्धमा सहभागी कतिपय नेपालीको युद्धको क्रममा निधन भएको समाचार सार्वजनिक भएको छ भने घाइतेहरु उपचारको क्रममा रहेको बताइएको छ।
याे पनि पढ्नुस्
रुसी सेनामा भर्ती भएका ३ नेपालीको मृत्यु
नेपालीहरु ठूलो संख्यामा त्यहाँको सैन्य सेवामा भर्ना भएर युद्धग्रस्त क्षेत्रमा हाताहाती भएको अनुमानसमेत गरिएको छ।
मंगलबार मात्रै तीन जना नेपालीको रुस युक्रेन युद्धमा निधन भएको रसियास्थित नेपाली दूतावासले सार्वजनिक रुपमा पुष्टि गरेको छ।
मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, दोलखाको मेलुङ-६ का राजकुमार रोक्का र इलाम-५ का गंगाराज मोक्तान रहेका छन्।
याे पनि पढ्नुस्
नेपालबाट युद्धमा सहभागी हुन रसियन सेनामा जानेको लर्को, सरकार बेखबर
यसअघि नै अर्का एक नेपाली गोरखाका सन्दीप थपलियाको मृत्यु भएको र उनको अन्त्येष्टि रुसमा नै गरिएको बताइएको छ।
यसैबीच रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्ध युद्ध लडेका एक नेपाली युवा रसियाबाट स्वदेश आएका छन्।
रुकुम बाफिकोट गाउँपालिका ४ का विक्रम मल्ल रसियन सेनामा भर्ना भएर युद्धग्रस्त क्षेत्रमा लडाइँको अनुभव बटुलेर नेपाल आएका हुन्।
याे पनि पढ्नुस्
‘माओवादीले युद्धकला सिकायो, त्यही युद्धले रसिया पुर्यायो’
रसियामा अत्यधिक चिसोका कारण अस्वस्थ भएर नेपाल आउनु परेको उनले जनाए। फेरि छिट्टै रसिया फर्कने उनको तयारी छ।
याे पनि पढ्नुस्
रुसी भाडाका सेनामा भर्ना भएर मर्दैछन् नेपाली, शव समेत नेपाल ल्याउनै मुस्किल
पारिवारिक जीवन निर्वाहको लागि बाध्यताले रसियन सेनामा भर्ना भएर युद्धरत रसियाको पक्षमा युक्रेनविरुद्ध युद्ध लड्नुपरेको उनको दुखेसो छ।
रुसको सेनामा भर्ना भएर नेपाल फर्किएका उनै मल्लको रसिया जानुपर्ने बाध्यता, त्यहाँ रहेका नेपालीको अवस्था र उनको युद्ध अनुभूति लगायतका विषयमा केन्द्रित रहेर डिसी नेपालले कुराकानी गरेको छ।
प्रस्तुत छ उनैसँग गरिएको कुराकानीः
Facebook Comment