गौतम अडानी फेरि विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीमा परे

डिसी नेपाल
१४ मंसिर २०८० १३:२४

काठमाडौं । अडानी समूहका कम्पनीहरूको शेयर मूल्यमा भएको तीव्र वृद्धिका कारण गौतम अडानी फेरि एकपटक शीर्ष २० धनी व्यक्तिको सूचीमा परेका छन् ।

मंगलबार सेयर बजारमा सूचीकृत गौतम अडानीका १० वटै कम्पनीको सेयरमा तीव्र उछाल आएको छ । केही शेयरको मूल्यमा २० प्रतिशतसम्मको वृद्धि देखिएको छ ।

यसले समूहको कुल बजार पूँजी १ लाख करोड रुपैयाँभन्दा बढी बढेको छ।

ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार यो उछालका कारण गौतम अडानीको पुँजी एक दिनमा करिब ६.५ अर्ब डलरले बढेको छ ।

योसँगै अडानीको कुल सम्पत्ति ६६.७ बिलियन डलर पुगेको छ र उनी शीर्ष २० धनीहरुको सूचीमा १९औँ स्थानमा आएका छन् ।

शीर्ष २० धनीको सूचीमा भारतका मुकेश अम्बानी १३ औं स्थानमा छन् । यो वर्ष उनको पुँजी २ अर्ब ३४ करोड डलरले बढेको छ ।

अदानी समूहका कम्पनीको सेयर बढ्नुको कारण सर्वोच्च अदालतले अडानी–हिन्डनबर्ग मुद्दामा आफ्नो फैसला सुरक्षित राख्ने निर्णय भएको बताइएको छ ।

सर्वोच्च अदालतले मिडिया रिपोर्टको आधारमा मात्र अडानीका मुद्दाहरूमा सेबीको अनुसन्धानमा शंका नगर्ने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *