रूसका धेरै ड्रोनहरू खसालियो, मेजर जनरलको मृत्युको दावी

डिसी नेपाल
१६ मंसिर २०८० १०:१९

काठमाडौं । युक्रेनको वायुसेनाले पूर्वी युक्रेनतर्फ रुसले प्रहार गरेका एक दर्जनभन्दा बढी ड्रोन खसालेको बताएको छ ।

टेलिग्राम च्यानलमा लेख्दै, निप्रोपेट्रोव्स्क क्षेत्रका गभर्नर सेरही लिसाकले भने ‘केही शहरहरू आक्रमणमा परेका छन् तर यी आक्रमणहरूमा कुनै हताहत भएको छैन।’

यसैबीच, रुसी नौसेनाले कालो सागरमा मानवरहित युक्रेनी जहाज ध्वस्त गरेको बताएको छ । यो जहाज क्रिमियन प्रायद्वीप तर्फ गइरहेको थियो।

रुसले सन् २०१४ मा युक्रेनबाट क्रिमिया प्रायद्वीप खोसेको थियो । हालैका दिनहरूमा रुसले युक्रेनमा आफ्नो हवाई हमलालाई तीव्र पारेको छ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता दुवै देश लामो युद्धमा फसेका छन् । रुसले पनि युक्रेनको जवाफी हमला रोक्न प्रयास गरिरहेको छ ।

यसैबीच युक्रेनमा बारुदी सुरंग विष्फोटका कारण एक रुसी जनरलको मृत्यु भएको खबर आएको छ ।

धेरै रूसी-समर्थित स्रोतहरूले जनरलको मृत्युको पुष्टि गरिरहेका छन्।

४५ वर्षीय मेजर जनरल भ्लादिमिर जाभाड्स्की १४ औं आर्मी कोर्प्सका डेपुटी कमाण्डर थिए।

सन् २०२२ मा युक्रेनमा भएको आक्रमणपछि यस युद्धमा कम्तीमा पनि ६ जना रुसी जनरल मारिएका छन् ।

रुसको रक्षा मन्त्रालयले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो घटना कहाँ भएको हो भन्ने विषयमा विवादास्पद खबरहरु आइरहेका छन् ।

रिपोर्टका अनुसार मेजर जनरल जाभाड्स्कीको बुधबार दिउँसो निधन भएको हो ।

यो घटना कहाँ भएको हो भन्ने खुल्न सकेको छैन तर उनको युनिट खेरसन क्षेत्रमा रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *