युद्धविरामपछि फेरि सुरु भयो इजरायली आक्रमण, हमासको दाबीअनुसार १७८ प्यालेस्टाइनीको मृत्यु
काठमाडौं । सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि युद्ध सुरु भएको छ ।
इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् ।
यसैबीच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।
इजरायलले पनि २०० “आतंकवादी लक्ष्य” मा आक्रमण गरेको बताएको छ।
युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले बीबीसीलाई बताएअनुसार कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन सकेको छैन।
तर, अमेरिकाले अझै पनि दुईबीचको द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ ।
प्रतिक्रिया
Facebook Comment