इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा ११ जनाको मृत्यु, खरानीको बादल ३ किलोमिटर उचाइमा पुग्यो
काठमाडौं । इन्डोनेसियामा सोमबार मारापी ज्वालामुखी विस्फोट भएको छ । जसका कारण त्यहाँ ११ आरोहीको मृत्यु भएको छ ।
उद्धार टोलीका अनुसार १२ जनाको खोजी भइरहेको छ । योसँगै ४९ जनाको जीवितै उद्धार गरिएको छ । आइतबार २ हजार ८ सय ९१ किलोमिटरको उचाइमा रहेको ज्वालामुखीले करिब ३ किलोमिटर उचाइमा खरानी फालेको थियो ।
जसका कारण आसपासका सडक र सवारी साधनमा खरानी छरिएको छ । सोमबार पनि सानो विष्फोट भएको बताइएको छ । जसका कारण केही समय उद्धार कार्य रोकिएको छ । मारपी भनेको आगोको पहाड हो। यो सुमात्रा टापुमा सबैभन्दा सक्रिय ज्वालामुखी हो।
मिडिया रिपोर्टका अनुसार ज्वालामुखी विष्फोट भएको स्थान नजिकै दुई पर्वतारोहण मार्गहरू छन्, जुन अहिले बन्द गरिएको छ। साथै, ज्वालामुखीको मुखबाट तीन किलोमिटरसम्म भिरालोमा रहेका गाउँहरूलाई सावधानीका रूपमा खाली गराइएको छ।
विस्फोटपछि ज्वालामुखीबाट लाभा निस्कने सम्भावना रहेको छ । इन्डोनेसियाली द्वीपसमूह प्यासिफिक रिङ अफ फायरमा अवस्थित छ, जहाँ महाद्वीपीय प्लेटहरूको अवस्थितिले उच्च ज्वालामुखी र भूकम्पीय गतिविधि निम्त्याउँछ।
इन्साइक्लोपीडिया अफ टुरिज्म नामक पुस्तकका अनुसार मानिसमा ज्वालामुखी हेर्ने क्रेज हजारौं वर्ष पुरानो हो । इतिहासकारहरूका अनुसार १७औं र १८औँ शताब्दीमा युरोपका अति धनी पर्यटकहरूले ज्वालामुखीको भव्य भ्रमण गर्थे।
तिनीहरू इटालीको भेसुभियस र एटना ज्वालामुखी हेर्न जान्छन्। तर सन् २०१७ मा न्यूजिल्याण्डमा ज्वालामुखी विष्फोट भएपछि ज्वालामुखी पर्यटन चर्चाको विषय बनेको थियो । यस दुर्घटनामा १६ पर्यटकको ज्यान गएको थियो ।
मार्च २०२१ मा, आइसल्याण्डको गेल्डिंगाडुलुर उपत्यकामा रहेको सक्रिय ज्वालामुखी हेर्न हजारौं पर्यटक आएका थिए।
यस्ता पर्यटकलाई सामाजिक सञ्जालमा ‘लाभा चेजर’ भनिएको थियो । जब २० डिसेम्बर २०२० मा हवाईमा माउन्ट किलाउआ विष्फोट भयो, त्यसलाई हेर्न ८ हजार पर्यटक त्यहाँ पुगेका थिए।
ज्वालामुखी लाभा हेर्नको यो क्रेजको लागि डुङ्गा भ्रमण र हेलिकप्टर भ्रमणहरू पनि छन्। पर्यटकहरू पनि लाभा तालमाथि उड्न रुचाउँछन्।
Facebook Comment