चक्रवाती आँधीका कारण चेन्नई जलमग्न, रेल र हवाई सेवा प्रभावित
काठमाडौं । चक्रवाती आँधी मिचोङको प्रभावका कारण चेन्नईका धेरै क्षेत्रमा भारी वर्षा भइरहेको छ । केही क्षेत्र डुबानमा समेत परेका छन् । यो आँधी ५ डिसेम्बर अर्थात मंगलबार आन्ध्र प्रदेश हुँदै जानेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण–पश्चिम बंगालको खाडीमा बनेको गहिरो न्यून चाप चक्रवातमा परिणत हुनेछ । यो डिसेम्बर ४ मा दिउँसो दक्षिण आन्ध्र प्रदेश र छेउछाउको उत्तरी तमिलनाडु तटबाट पश्चिम-मध्य बंगालको खाडीमा पुग्नेछ।
हाल, चेन्नई र नजिकैको चेंगलपेट, कांचीपुरम र थिरुवल्लुवर जिल्लाहरूमा आइतबार रातिदेखि भारी वर्षा जारी छ। यो चक्रवाती आँधीको प्रभाव मानिन्छ । जसका कारण रेल तथा हवाई सेवा समेत अवरुद्ध भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार चेन्नई पुलिसले भनेको छ – पानी जमेको कारण १४ सबवे बन्द गरिएको छ र ११ ठाउँमा रूखहरू ढलेका घटनाहरू पनि रिपोर्ट गरिएको छ।
वर्षाका कारण १२ वटा आन्तरिक उडान रद्द गर्नुपरेको छ । यसबाहेक चार अन्तर्राष्ट्रिय उडान पनि रद्द भएका छन् । एकै साथ, विदेशबाट आउने तीन उडानहरू बेंगलुरु डाइभर्ट गरिएको छ।
Facebook Comment