तालिबान राजदूतलाई आधिकारिक दर्जा दिने चीन पहिलो देश बन्यो
काठमाडौं । तालिबान सरकारले तोकेका कूटनीतिज्ञलाई चीनले अफगानिस्तानका राजदूतको हैसियत दिएको छ । चीन यस्तो गर्ने पहिलो देश हो।
चीनले तालिबानलाई वैध सरकारको आधिकारिक दर्जा दिएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मंगलबार पत्रकार सम्मेलनमा सोधिएको थियो कि चीनले तालिबानलाई अफगानिस्तानको वैध सरकारको रूपमा मान्यता दिएको हो ?
यस प्रश्नको जवाफमा उनले भने- “चीन विश्वास गर्छ कि अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बाहिर निकाल्नु हुँदैन।”
यसअघि पनि तालिवानका कूटनीतिज्ञ बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो ।
जब अगस्ट २०२१ मा अमेरिकी सेना फिर्ता भयो र तालिबान फेरि सत्तामा आयो, काबुलमा आफ्नो दूतावास कायम गर्ने पाकिस्तान र रुससँगै चीन तेस्रो देश थियो।
भर्खरै भारतमा अफगानिस्तानको दूतावास बन्द गरिएको छ । यी दूतावासहरूले अफगानिस्तानको इस्लामिक गणतन्त्रको प्रतिनिधित्व गर्छन्, तालिबान शासित इस्लामिक इमिरेट्सको होइन।
यसपछि तालिबान सरकारले नयाँ दूतावास खोल्ने इच्छा व्यक्त गरेको थियो ।
Facebook Comment