इजरायलको आणविक हतियार नजिक रकेट प्रहार, परमाणु विष्फोटको त्रास !

डिसी नेपाल
२१ मंसिर २०८० १४:००

काठमाडौं । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणले विश्वका लागि ठूलो खतरा निम्त्याउन सक्छ । त्यस दिन हमासले इजरायलमा प्रहार गरेको रकेटमध्ये एउटा इजरायली सैन्य आधारमा खसेको थियो।

यो सैन्य आधारमा धेरै इजरायली आणविक मिसाइलहरू राखिएको बताइएको छ। न्युयोर्क टाइम्सको रिपोर्टमा स्याटेलाइट छविहरूलाई उद्धृत गर्दै अक्टोबर ७ मा स्डोट मिचा एयरबेस नजिकै हमासको रकेट खसेको उल्लेख छ। यस दिन हमासले इजरायलमा हजारौं रकेट प्रहार गरेको थियो।

रिपोर्टमा भनिएअनुसार इजरायली सैन्य आधार नजिकै खसेको यो रकेटले ठूलो आगलागी भयो जसका कारण एयरबेसको करिब ४० एकड क्षेत्र जलेर खरानी भएको थियो। तर सौभाग्यवश आगो सैन्य आधारको त्यो भागमा पुगेन जहाँ आणविक हतियारहरू राखिएको थियो।

फेडरेशन अफ अमेरिकन साइन्टिस्ट्स न्यूक्लियर इन्फर्मेशन प्रोजेक्टका निर्देशक ह्यान्स क्रिस्टेनसेनले यस एयरबेसमा २५ देखि ५० आणविक जेरिको मिसाइल लन्चरहरू राखिएको बताए।

रिपोर्टका अनुसार इजरायलसँग परमाणु हतियारको सानो भण्डार छ। तर, इजरायलले यसलाई कहिल्यै स्वीकार गरेको छैन । जेरिको मिसाइल परमाणु हतियार बोक्न सक्षम छ। रिपोर्टमा भनिएअनुसार हमासलाई यसबारे थाहा थियो वा थिएन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *