इजरायलले २० लाख प्यालेस्टिनीहरूलाई जान आग्रह गरेको ठाउँ एउटा एयरपोर्ट भन्दा पनि सानो

डिसी नेपाल
२४ मंसिर २०८० १४:२१

काठमाडौं । गाजामा जारी द्वन्द्वका बीच इजरायली सेनाले गाजाका जनतालाई मानवीय क्षेत्रतर्फ जान निरन्तर आग्रह गरिरहेको छ ।

गाजाका २० लाख मानिसहरूलाई सर्न भनिएको क्षेत्र लन्डनको हिथ्रो एयरपोर्ट भन्दा क्षेत्रफलमा सानो छ।

प्यालेस्टिनीहरूलाई जान भनिएको अल मावासी क्षेत्र भूमध्य सागरको छेउमा रहेको जमिनको पातलो पट्टी हो। केही भवनबाहेक यहाँ बालुवाका ढिस्का र खेतीयोग्य जमिन छन् ।

इजरायली सेनाले यसलाई सुरक्षित क्षेत्र घोषणा गरेको छ । तर यसको क्षेत्रफल मात्र ८.५ वर्ग किलोमिटर छ।

अक्टोबर ७ मा युद्ध सुरु भएदेखि, लगभग १८ लाख प्यालेस्टाइनले आफ्नो घर छोड्नु परेको छ।

रीम अब्द रबु विगत केही सातादेखि आफ्नो चारजना परिवारसँग यही क्षेत्रमा पालमा बस्दै आएकी छिन् ।

रीम अब्द रबु पहिले उत्तरी गाजाबाट खान युनिस भागेकी थिइन्, तर नजिकैका घरहरूमा बम खसेपछि उनी पनि खान युनिस छोडेर इजरायली सेनाले सुरक्षित घोषणा गरेको ठाउँमा पुगिन्।

बीबीसीसँग कुरा गर्दै रीम अब्द रबुले भनिन् अल मावासी मानव बस्नका लागि उपयुक्त क्षेत्र होइन।

उनलाई यो क्षेत्रमा केही सुरक्षा होला भन्ने लागेको थियो तर यहाँ पुगेपछि यहाँ आधारभूत सुविधा नभएको थाहा भयो ।

बीबीसीसँग कुरा गर्दै उनले भनिन्, ‘यहाँ एक दिन पानी आउँछ, दस दिनसम्म आउँदैन । बाथरुममा पनि पानी छैन । बिजुलीको अवस्था पनि उस्तै छ ।

डिसेम्बर २ देखि, आइडीएफले कम्तिमा पन्ध्र पटक सामाजिक सञ्जालमा मानिसहरूलाई अल-मवासी क्षेत्रमा जानको लागि अपील जारी गरेको छ।

गाजाका अधिकांश क्षेत्रमा बिजुली, पानी र संचार छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *