शतवीज छर्न देवघाटमा भक्तजनकाे घुइँचाे

डिसी नेपाल
२५ मंसिर २०८० १३:२२

चितवन। नेपाल कै पवित्र तिर्थ स्थल देवघाट धाममा सोमबार बाला चतुर्दशीका दिन भक्तजनहरुको घुइँचो लागेको छ। यसदिन दिन कालिगण्डकी र सप्तगण्डकीको सगम स्थल देवघाटमा स्नान गरी पितृहरुको नाममा दीप दान र शत वीज छर्न भक्तजनहरु जाने गर्दछन्।

देवघाट धाममा आइतबार साँझदेखि नै रात भर जाग्राम बसेर भजन किर्तनका गरेर दीप प्रज्जवलन पछि सोमबार बिहान भक्तजनहरुले शतवीज छरेका थिए।

शतवीजमा ७ प्रकारको अन्न हुने गर्दछ। हिन्दु धर्म मान्नेहरुले आफ्ना दिवगत भएका पुर्खाहरुको मुक्तिको लागि शतवीज छर्ने चलन रहेको छ। परापूर्वकालदेखि चलिआएको परम्परा अनुसार धार्मिक स्थलमा शतवीज छर्न आएको भक्तजन बालकृष्ण थपलियाले बताए।

मसिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दिप प्रज्जवलन गर्नाले पितृ दोषबाट मक्ति मिल्ने विश्वासका कारण देवघाटमा हिजो साझ देखिने भक्तजनहरुले भरीभराउ थियो।

शतवीज छर्न देवघाटलगाएत चितवनको बिभिन्न धार्मीक स्थल र शिवालयहरुमा भक्तजनहरुको हजारौ सख्यामा उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *