चोरी गर्न घरमा पसेको चोर निदाएर चर्को स्वरमा घुर्न थालेपछि…

डिसी नेपाल
२५ मंसिर २०८० १६:३९

काठमाडौं । संसारमा अल्छी मानिसहरु धेरै छन् । कतिपय यस्तो चरम सीमामा पुग्छन् कि हाँसोको पात्र बन्छन् । हालै चीनबाट यस्तै एउटा घटना बाहिर आएको छ ।

यहाँको एक घरमा राति अबेर चोर पसेको थियो । उसको मनसाय चोर्ने थियो तर भित्र भित्र मान्छेहरु बोलेको सुनेपछि ऊ आत्तियो । त्यसैले, उसले घरधनीहरू नसुतेसम्म छुट्टै कोठामा पर्खने निर्णय गरेको थियो ।

यहाँ लुकेर चुरोट तान्यो र पर्खिरहँदा ऊ निदायो । केहि समय पछि, ताङ नामकी घरकी मालिक्नी आफ्नो परिवार संग सुतिन् । तर चर्को घुरेको आवाज सुन्न थालेपछि उनी ब्युँझिइन् । पहिले उनले सोचिन् – सायद यो आवाज छिमेकीको घरबाट आएको हो ।

तर केही समयपछि बच्चाको लागि दूध लिन उठेपछि आवाज चर्को हुन थाल्यो । ताङले अर्को कोठामा गएर खोजी गर्दा अपरिचित व्यक्ति सुतेको देखेर छक्क परिन् । त्यसपछि ताङले तुरुन्तै कोठाको ढोका बन्द गरी परिवारका सदस्यलाई उठाएर प्रहरीलाई बोलाइन् ।

तत्कालै प्रहरी पुगेर चोरलाई पक्राउ गर्यो । यो घटना नोभेम्बर ८ मा दक्षिणपश्चिम चीनको युनान प्रान्तमा भएको हो । याङ नामको यो चोर सन् २०२२ मा पनि चोरीको आरोपमा पक्राउ परेका थिए । तर, यस पटक चोरी र घुसपैठको यो घटना मिडियामा बाहिर आएपछि याङको निकै खिल्ली उडाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *