तीन दिनमा २ हजारले घट्यो सुनको मूल्य
काठमाडौं। अघिल्लो हप्ता आकासिएको सुनको मूल्य लगातार घटिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्बजनिक गरेको मुल्य सुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ ।
महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा नै ७०० रुपैयाँले घटेको जनाएको छ ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ।
सोमवार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
गत हप्ताको अन्तिम शुक्रबारको तुलनामा आइतबार मात्रै एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबार गरेको थियो ।
सुनको मूल्य लगातार तेस्रो दिन गिराबट आए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम भएको छ।
Facebook Comment