छोराको कुटाइबाट आमाको मृत्यु

डिसी नेपाल
२६ मंसिर २०८० १७:५७

भोजपुर । आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका–५ खावा बस्ने ४६ वर्षीया पबित्रा देवी राईको मृत्यु भएको छ ।

घरायसी बिवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मंसिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पबित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

अभियुक्त सन्देशलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *