इजरायलले भन्यो- विश्वव्यापी समर्थन होस् वा नहोस् गाजामा युद्ध जारी रहनेछ
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास आतंकवाद विरुद्धको इजरायलको लडाईलाई कसैले रोक्न नसक्ने बताएका छन। उनले यो लडाइँलाई ‘वैश्विक दबाब’ले पनि रोक्न नसक्ने बताए ।
सामाजिक सञ्जाल प्लेटफर्ममा एक भिडियो साझा गरेर नेतान्याहुले यस्तो बताएका हुन् ।
उनले भने- “मैले क्षेत्रका कमाण्डरहरूलाई के भनेको छु, म स्पष्ट रूपमा भन्न चाहन्छु- हामी यो लडाई अन्तिम सम्म जारी राख्नेछौं र यसमा कुनै प्रश्न छैन। म हाम्रा सिपाहीहरू गुमाउनुको ठूलो पीडा र अन्तर्राष्ट्रिय दबाबको बावजुद भन्छु हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन, हामी अन्त्यसम्म लड्नेछौं र जित्नेछौं।”
यसअघि गाजामा संयुक्त राष्ट्रसंघको महासभामा युद्धविरामको प्रस्ताव पारित भएको छ । यस अवसरमा इजरायलका विदेशमन्त्री एली कोहेनले यो युद्ध ‘विश्वव्यापी दबाब’ र “विश्वव्यापी दबाब बिना” दुबै परिस्थितिमा जारी रहने बताए।
उनले भने- “वर्तमान चरणमा युद्धविराम आतंकवादी संगठन हमासको लागि उपहार हो, यदि युद्ध रोकियो भने हमास फर्कनेछ र इजरायलीहरूमाथि खतरा फेरि बढ्नेछ। ”
भर्खरै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोष संकलनको कार्यक्रममा इजरायलले गाजामा अन्धाधुन्ध बमबारी गरेर विश्वको समर्थन गुमाउने बताएका थिए ।
Facebook Comment