हेटौंडामा मानव सेवा आश्रमको आफ्नै भवन

डिसी नेपाल
२८ मंसिर २०८० १४:०४

काठमाडौं। मानव सेवा आश्रमले हेटौंडा-९ लामसुरेधापमा आफ्नै भवन निर्माण गरेको छ।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको संस्थाले करिब रु १४ करोड लागतमा भवन निर्माण गरेको छ। सो भवनको यही मङ्सिर ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।

संस्थाका अनुसार भवन निर्माणका लागि गत आर्थिक वर्ष २०७९र८० सम्म रु १३ करोड ८१ लाख ६६ हजार पाँच सय ८० खर्च भएको छ। भवन निर्माणका लागि हालसम्म विभिन्न सरकारी निकायबाट रु एक करोड १७ लाख ७३ हजार पाँच सय ७० र चन्दा सङ्कलनबाट रु ११ हरोड ९१ लाख २६ हजार ९६० प्राप्त भएको संस्थाले जनाएको छ। भवनको पूर्णताका लागि महजात्रा, श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो।

महिला, पुरुष, बालबालिका, अशक्त र वद्धवृद्धाहरूलाई छुट्टाछुट्टै राखेर सहयोगापेक्षीमैत्री सेवा प्रवाह गर्दै आइरहेको मानव सेवा आश्रमले दिगो सञ्चालनका लागि गाईपालन, अग्र्यानिक तरकारी र फलफूल खेती गर्दै आएको छ। फलफूल र दूधमा आत्मनिर्भर बन्दै गइरहेको मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाले दुई सय ५० जना मान्छे र एक दर्जनभन्दा बढी गाइवस्तुको मलमूत्रलाई खाना पकाउने इन्धनमा रूपान्तरण गरेको छ।

संस्थाका विभिन्न १९ जिल्लामा आफ्नै भवन निर्माण सुरु गरिसकेको छ । संस्थाले चितवन, पोखरा, गोरखा र बागलुङमा चालु आवभित्रै भवन निर्माण सकिने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *