यस्तो छ आजको विदेशी विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा रहेको छ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५३ पैसा र बिक्री दर १६९ रुपैयाँ २९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment