नौ वर्षीया नाबालिकलाई करणी गर्नेलाई जन्मकैद

डिसी नेपाल
२९ मंसिर २०८० २१:५२

दमौली । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै निजलाई रु छ लाख जरिवाना र रु २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ । निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो । प्रहरीले निजविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मद्दा दर्ता गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *