रुसले आफ्नो लक्ष्य हासिल नगर्दासम्म युक्रेनमा शान्ति सम्भव छैन : पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी जनतालाई युक्रेनसँग शान्ति तब मात्र सम्भव हुने बताएका छन् जब रूस आफ्नो लक्ष्यमा पुग्छ। उनले यो उद्देश्य परिवर्तन नहुने पनि बताए ।
राष्ट्रपति पुटिनले फेब्रुअरी २०२२ मा युक्रेन विरुद्ध युद्ध गरेपछि पहिलो पटक ठूलो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थिए।
यस पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनले पत्रकार बाहेक रुसी जनताका प्रश्नको प्रत्यक्ष फोन लाइनमा जवाफ दिएका थिए । गत वर्ष राष्ट्रपति पुटिनको प्रशासनले यो वार्षिक पत्रकार सम्मेलन आयोजना गरेको थिएन।
यस पत्रकार सम्मेलनमा पुटिनले आफ्नो अधिकांश समय युक्रेनमा ‘विशेष सैन्य अपरेसन’बारे कुरा गर्दै बिताए। रुसको सार्वभौमसत्तामा जोड दिँदै पुटिनले सरकारी टिभी च्यानलमा भने ‘यो बिना हाम्रो देशको अस्तित्व असम्भव छ।’ उनले रुसको अर्थतन्त्र युद्धको समयमा बलियो रहेको बताए ।
यसपछि राष्ट्रपति पुटिन युक्रेनको मुद्दामा आए । रूसले आफ्नो लक्ष्य हासिल गरेपछि मात्र युक्रेनमा शान्ति आउने र यो उद्देश्य परिवर्तन नहुने उनले बताए । उनले हाल युक्रेनमा ६ लाख १७ हजार रुसी सैनिक लडिरहेको बताए ।
गत वर्ष तीन लाख सैनिक सेवाका लागि आह्वान गरिएको र ४ लाख ८६ हजार स्वेच्छाले सैनिक सेवामा योगदान पुर्याउन अघि बढेको पनि उनले दाबी गरे ।
Facebook Comment