अभिनेता श्रेयस तलपडेलाई हृदयघात

डिसी नेपाल
३० मंसिर २०८० १०:०१

काठमाडौं । चर्चित अभिनेता श्रेयस तलपडेलाई बिहीबार राति हृदयघात भएको छ । त्यसपछि उनको मुम्बईको बेलेभ्यु अस्पतालमा एन्जियोप्लास्टी गरियो।

तलपडेका प्रबन्धकले बीबीसीका सहयोगी पत्रकार सुप्रिया सोग्लेलाई अभिनेताको अवस्था अहिले स्थिर रहेको र उनी निको भइरहेको बताए ।

श्रेयस तलपडे हृदयघात अघि ‘वेलकम टु जङ्गल’ नामको फिल्मको सुटिङ गरिरहेका थिए । सुटिङपछि उनलाई हृदयघात भएको थियो ।

त्यसपछि राति करिब १० बजे डा वीएन लुलाको नेतृत्वमा उनको मुटुको शल्यक्रिया गरिएको थियो ।

जनवरीमा ४८ वर्ष पुगेका तलपडे हिन्दी र मराठी फिल्मका चर्चित अभिनेता हुन् ।

सन् २००२ मा फिल्म आंखेबाट बलिउडमा करियर सुरु गरेका तलपडेले इकबाल, डोर, ओम शान्ति ओम, वेलकम टु सज्जनपुर, गोलमाल, हाउसफुल जस्ता धेरै फिल्ममा अभिनय गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *