सिटी एक्सप्रेसको मेगा बम्पर उपहार ‘१० गुणा बढी पाउने’ विजेताको नाम घोषणा
काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएकोभन्दा १० गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ।
चर्चित हास्यकलाकार साथै सिटी एक्सप्रेसकाब्राण्ड एम्बासडर जितु नेपालर कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्दुतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने राजु तामाङले आफुले पठाएको रकम रू ५३,०७५ को १० गुणा गरेर रू ५,३०,७५० जित्न सफल भएका छन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गतअसोज १५ देखी मङ्सिर १५ गते सम्मचल्ने गरी समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षितगर्दै आफ्नाग्राहकवर्गहरुसंग पर्वको खुशीसाट्न लगातार ६१दिन सम्मचल्ने “बिदेशबाटसिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं”उपहार योजना घोषणा गरेको थियो ।
सोही योजनाअन्तर्गत लक्की ड्र मार्फतहरेक महिना १ जनालाई जनही रु १००,०००, हरेक हप्ता ५ जनालाई जनही रु २५,०००साथै ६१ दिनलगातार हरेकदिन १०० जनाविजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जनाभाग्यशालीबम्पर बिजेतालेआफुले पठाएको रकमको १० गुणा बढी रकमपाउने योजनामा रहेको थियो।
जसअन्तर्गत ६१००जनाले दैनिकउपहार(रु ५०० को वालेट टप् अप), ४५जनाले साप्ताहिक उपहार (जनही रु २५,०००) र २ जनाले मासिक उपहार (जनही रु १००,००० ) जित्न सफलभईसकेका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइनभुक्तानीको सेवा सुचारु गरेको छ ।
Facebook Comment