यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ३ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ७६ पैसा रहेको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ १४ पैसा रहेको छ। साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४८ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा रहेको छ।
प्रतिक्रिया
Facebook Comment