प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महतबीच शीत युद्व !
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू मातहतका मन्त्रीहरुसँग खासै सन्तुष्ट छैनन्। उनी अरुले काम गरुन् र आफू मज्जाले घुमेर बसौँ भन्ने योजना पाल्छन्। त्यसैअनुसार देशको अर्थतन्त्री खस्किँदै गए पनि उनी घुम्न छाडेका भने छैनन्।
भरपूर खर्च गराएर भए पनि अरुले गरेको कामको जश लिन पल्केका प्रचण्ड यसपालि भने सबै मन्त्रीहरुसँग सन्तुष्ट हुन सकेका छैनन्। सबैभन्दा बढी असन्तुष्ट उनी अर्थमन्त्री डा. प्रकाशशरण महतसग भएका छन्।
नेपाली कांगैुसले पाएको अर्थ मन्त्रालयमा महतका कामकारबाहीलाई लिएर प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदा खटपटसमेत भएको छ। यो खटपटले प्रचण्ड अर्थमन्त्री फेर्ने मनस्थितिमा पगुको आँकलन गर्न थालिएको छ।
त्यस्तै अर्थमन्त्री महत पनि पछिल्ला केहीे दिनदखि सार्वजनिक कार्यक्रममा सहज हुुन सकिरहका छैनन्। उनले अर्थ मन्त्रालय छाड्ने संकेत गर्न थालेका छन्। तर विदेशमा जाँदा नपालीहरुसँग सहयोग गर्नुस् भनेर दुई पाँच डलर भिख माग्ने महतले धान्नै नसक्ने मन्त्रालय धानेका हुन्।
गत बिहीबार दिउँसो सिहदरबारमा सरकारका कामहरूको चौमासिक समीक्षा हँदा प्रधानमन्त्रीले अर्थ मन्त्रालयको काम समयमा परा नभएको, नेटवर्थ राम्रोे नभएका बताउँदै सचिवहरुमा नै मन्त्रीकोे आलोचना गरेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको अवस्थाबार सबै मन्त्री र सचिवहरूलाई बोलाएर समीक्षा छलफल थालका थिए। त्यस क्रममा उनको तारो अर्थ मन्त्रीमाथि थियो।
अर्थमन्त्रीले केही दिनअघि मात्रै बिग्रेको अर्थतन्त्र लयमा आएको दाबी गरेलगत्तै प्रधानमन्त्रीले आलोचना गरेका हुन्। बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको थियो।
चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सरकारल गरेका कामहरूको समीक्षा गरिएको थियो। सो छलफलमा यसअघि मन्त्रीहरूले पेश गरेको कार्ययोजना अनुसार कामहरू भए नभएकाबारे समेत छलफल भएको र त्यस क्रममा अर्थमन्त्रीले प्रस्तुत गरेको काममा प्रधानमन्त्रीको असन्तुष्टि रहेको थियो।
उनले चौमासिक समीक्षामा अर्थमन्त्रीको आलोचना गरपछि अन्य मन्त्रीहरुले प्रधानमन्त्रीको अनुहारमा हेराहेर गरेको बैठकमा सहभागी एक सचिवले बताए। गत जेठमा पनि प्रधानमन्त्री प्रचण्डले बजेटका कारण सत्ता गठबन्धनमा खटपट हुने गरी अर्थमन्त्रीको आलाचना गरेका थिए।
त्यति बेला प्रधानमन्त्री प्रचण्डको सचिवालयले बजेटमा कमा, फुलस्टप, परिवर्तन गर्न नहुने परम्परालाई ताड्ने पक्षमा नरहेको बताएर अर्थ मन्त्री महतको आलोचना गरेको थियो।
पछिल्लो पटक अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहायता परिचालनमा अर्थ मन्त्रालयले समस्या देखाएको भन्दै प्रधानमन्त्रीले अर्थमन्त्रीसँग असन्तुष्टि जनाएका थिए। सम्झौताअनुसार सहायता कार्यान्वयनका लागि बनेको निकाय एमसीए-नेपाल र अर्थ मन्त्रालय बीचमा अविश्वास बढ्दा कार्यान्वयनमै गतिरोध पैदा भएको प्रधानमन्त्रीको बुझाइ छ ।
एमसीए नेपालको बोर्ड अध्यक्ष हुने अर्थसचिव, एमसीए नेपालको तालुकमन्त्री अर्थमन्त्री महत रुष्ट भएको विवरण प्रधानमन्त्रीलाई बुझाइएको थियो ।
‘प्रधानमन्त्रीले सहजीकरण खोजिरहनु भएको थियो। हामीले पुरानो ठेक्का रद्द गरेर नयाँ लगाउँदा पनि रद्द हुने अवस्था नआओस् भनेका थियौँ’, अर्थमन्त्रालयका एक अधिकारीले भने। अमेरिकाको भक्त हुनुपरेका प्रचण्डलाई त्यसको विरोधमा लागेपछि उनलाई पनि चित्त दुख्नु स्वभाविकै भएको आजको जनभावना साप्ताहिकमा खबर छ।
Facebook Comment