गाजाको जबलियामा ५० जना भग्नावशेषमुनि पुरिएको रिपोर्ट

डिसी नेपाल
३ पुष २०८० ११:०९

काठमाडौं । गाजाको जबलिया शरणार्थी शिविरबाट प्राप्त रिपोर्टहरू अनुसार इजरायलले हिजो राति हवाई आक्रमण गरेको ठाउँमा तीन परिवार बस्दै आएका थिए।

हमासको स्वास्थ्य मन्त्रालय र स्थानीय पत्रकारहरूको रिपोर्टका अनुसार आक्रमणमा ११० जनाको ज्यान गएको छ भने ५० जना अझै पनि भग्नावशेषमुनि दबिएका छन् ।

उक्त क्षेत्रमा उपस्थित एक पत्रकारका अनुसार प्यालेस्टिनी सिभिल डिफेन्सका कर्मचारी घटनास्थलमा पुग्न सकेका छैनन् । यस्तो अवस्थामा सर्वसाधारण भग्नावशेषमा फसेका छन् । मानिसहरूलाई सहयोग गरिरहेका छन्।

इजरायली सेनाले विगत दुई सातादेखि जबलियालाई निशाना बनाएको छ। ट्याङ्कले शरणार्थी शिविरलाई चारैतिरबाट घेरेको छ ।

गएराति यस क्षेत्रमा हवाई हमला तीव्र भएको छ । उत्तरी गाजाको स्वास्थ्य केन्द्र नजिक धेरै बालबालिका र महिलाहरूका शवहरू देखिन्छन्। रिपोर्टका अनुसार उनीहरू अन्य क्षेत्रमा मृत्यु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *