२०२३ मा सबैभन्दा धेरै हेरिएको यी युवतीको भिडियोमा खास के छ ?

डिसी नेपाल
३ पुष २०८० १५:२१

काठमाडौं । मेकअपसँग सम्बन्धित धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन्। यसमा केटीलाई गोरी र दागरहित बनाउनमा बढी जोड दिइएको हुन्छ । केटीको अनुहार कत्तिको गोरो थियो र मेकअपले त्यसलाई पूर्णरूपमा परिवर्तन गरेको देखाउने प्रयास गरिएको हुन्छ।

धेरै भिडियोहरूमा केटीहरूलाई चिन्न पनि गाह्रो हुन्छ। तर, पछिल्ला केही वर्षयता सबै रङलाई समान मान्ने विचारले पनि गति लिएको छ । आज, तपाईले बजारमा सबै छाला शेडको फाउन्डेसन पाउनुहुनेछ। योसँगै पुरुषका लागि मेकअपका सामान पनि आउन थालेका छन् ।

यसैबीच, एक भिडियो वर्ष २०२३ मा टिकटकमा सबैभन्दा धेरै पटक हेरिएको छ। त्यसोभए यो भिडियोमा खास के छ भनेर जान्न प्रयास गरौं। टिकटकको तथ्यांक अनुसार इन्फ्लुएन्सर तथा मोडल न्याडोली देङको मेकअप ट्युटोरियलले पहिलो स्थान हात पारेको छ । यो मार्चमा अपलोड भएदेखि ५०४ मिलियन भन्दा बढी पटक हेरिएको छ। यो टिकटक मा सबैभन्दा धेरै हेरिएको भिडियो बनेको छ। न्याडोली कालो छाला भएकी महिला हुन् ।

न्याडोलीले यो भिडियो इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् । यसमा तपाईले उनलाई विभिन्न मेकअप प्रोडक्ट प्रयोग गरेको देख्न सक्नुहुन्छ। उनले भिडियोको क्याप्सनमा आफूले अनुहारमा विभिन्न कम्पनीका उत्पादन प्रयोग गरेको पनि बताएकी छन् ।

कुन कुन कम्पनीको उत्पादन प्रयोग भएको हो भन्ने पनि उल्लेख छ । कमेन्ट सेक्सनमा हेर्दा मानिसहरुले उनको प्रशंसा गरेको देखिन्छ । उनको मेकअप गर्ने शैलीलाई मानिसहरुले निकै रुचाएका छन् । कतिपयले उनलाई कालो सुन्दरी पनि भनेका छन् । कतिपयले उनको अनुहार सबैभन्दा सुन्दर भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *