माओवादी पदाधिकारी बैठक

प्रधानमन्त्रीका सल्लाहकारको राजीनामाबारे चर्चा, गजुरेल भन्छन्- आज आफ्नो धारणा व्यक्त गर्छु

डिसी नेपाल
४ पुष २०८० १०:५१

काठमाडौं। नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठकमा उपमहासचिव हरिबोल गजुरेलले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको विषय प्रमुखताका साथ उठेको छ।

मंगलबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीसँग राय मागेका थिए।

उनले राजीनामाको विषय बाहिर सार्वजनिक भएकाले त्यसको निक्र्योल पदाधिकारी बैठकको सुझाव अनुसार गर्ने जानकारी दिएको एक नेताले बताए ।

तर, यसबारेमा गजुरेलले हिजोको बैठकमा कुनै प्रतिक्रिया नदिएपनि आज बस्ने बैठकमा आफ्नो धारणा व्यक्त गर्न लागेको जानकारी दिए। उनले सबै विषय राजीनामा पत्रमा उल्लेख गरिएको जनाउँदै त्यसबारे आजको बैठकमा आफ्नो धारणा व्यक्त गर्ने बताए ।

आज बस्ने बैठकमा प्रदेश इन्चार्जहरुको रिपोर्टिङ, पार्टीको रुपान्तरण अभियान, पार्टी एकता संयोजन समिति गठन लगायतका विषयमा छलफल हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *