बलात्कार पछि हत्या गरेको आरोपमा दुई जनालाई जन्मकैदको फैसला

डिसी नेपाल
४ पुष २०८० १७:०७

उदयपुर । उदयपुर जिल्ला अदालतले दुई जना प्रतिवादीहरुलाइ जीवित रहेसम्म (जन्म कैद) कैद सजायको फैसला गरेको छ ।

त्रियुगा नगरपालिका वडा नं. ६ मोहनपुर कि १६ बर्षिया कृसला चौधरीको जवरजस्ती करणी गरि हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका वडा नं. १ बस्ने बर्ष २७ को उचित लाल सदा र सोही ठाउँ बस्ने बर्ष २३ को विषे भन्ने विषय सदालाई जीवित रहेसम्म (जन्म कैद) कैद सजायको फैसला सुनाइएको उदयपुर जिल्ला अदालतका सुचना अधिकारी बुद्धराज निरौलाले जानकारी दिए ।

सुचना अधिकारी निरौलाका अनुसार उनीहरु उनीहरुलाई जीवित रहेसम्म (जन्म कैद) कैद सजायको फैसलासँगै जनही तीन लाख पीडित परिवारलाई प्रतिवादीको सम्पति बाट भराउने र तत्काल पीडित राहत कोषबाट दुई लाख पीडितको नजिकको हकदारलाई उपलब्ध गराउने फैसला भएको छ ।

२०७८ साल साउन १३ गते घरबाट बेपत्ता भएकी मृतक कृसलाको २०७८ साल साउन १९ उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं. १ स्थित राजदेवी सामुदायिक वनको रातमाटे खहरे खोलामा शव भेटिएको थियो । मृतक कृसला चौधरीको वुवा प्रेम कुमार चौधरीले दिएको किटानी जाहेरीका आधारमा २०७८ साल भदौ २१ गते उदयपुर जिल्ला अदालतमा मुद्धा दायर भएको थियो । उदयपुर जिल्ला अदालतले यसअघी पनि छुट्टा छुट्टै प्रकृतिका दुई मुद्धाका प्रतिवादीलाई जीवित रहेसम्म (जन्म कैद) कैद हुने फैसला गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *