राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा छ जना न्यायाधीशलाई नियुक्त गरेका हुन् ।
सर्वोच्चमा नियुक्त भएका न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् । नवनियुक्त न्यायाधीहरूमध्ये सुवेदी, मुलसमान, शर्मा र ढुङ्गाना उच्च अदालतमा कार्यरत थिए भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता थिए । यसअघि आजै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment