राजनीतिक दलसँग भूमि आयोगको छलफल
पाटन । भूमिहीन तथा सुकुम्बासीको लगत सङ्कलन, निस्सा वितरण र पुर्जा वितरणमा केन्द्रित रहेर राष्ट्रिय भूमि आयोग ललितपुरले राजनीतिक दलसँग छलफल गरेको छ ।
“अहिलेसम्म भएका काममा राजनीतिक दलहरुबाट भएको सहयोग र समन्वयबाट आगामी दिनहरुमा पनि सहजरूपमा काम गर्न सहयोग पुग्ने भन्नेमा हामी आशावादी छौँ”, आयोगका अध्यक्ष श्रीगोविन्द महर्जनले भने ।
आयोगले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि १४ चरणमा काम सम्पन्न गर्नुपर्नेछ । त्यसअनुसार ललितपुरका चार वटा पालिकामा निस्सा वितरणको काम सम्पन्न हुने चरणमा छ । निस्सा वितरण हुँदा छ चरणको काम सम्पन्न हुने आयोगका विज्ञ सदस्य प्रतीक तामाङले जानकारी दिए।
छलफलका क्रममा नेकपा माओवादीका जिल्ला अध्यक्ष शिव कट्टेलले आयोगका गतिविधि लक्षित वर्गसम्म पु¥याउन वडा तहलाई जिम्मेवार बनाउन सम्बन्धित पालिकाले ध्यान दिनुपर्ने बताए ।
नेपाली कांग्रेस ललितपुरका उपसभापति सुदर्शन घिमिरेले वर्तमान संविधानको मर्मअनुरुप नै भूमि आयोग गठन भई काम गरेकाले आयोगलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
नेकपा (एमाले)ललितपुरका कार्यालय सचिव रमेशप्रसाद घिमिरेले संविधानले निर्दिष्ट गरेअनुसार काम गर्न र समन्वय गर्न आफ्नो पार्टी तत्पर रहेको जानकारी दिए ।
Facebook Comment