तमिलनाडुमा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
काठमाडौं । तमिलनाडुमा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ ।
ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिस सुरक्षित स्थानतर्फ जान बाध्य भएको राज्य सरकारी अधिकारीहरूले बताएका छन् ।
यस महिनाको सुरुमा तमिलनाडु र आन्ध्र प्रदेशले शक्तिशाली चक्रवाती आँधीको सामना गर्नुपरेको थियो।
विगत केही दिनदेखि तमिलनाडुमा परेको लगातारको वर्षा यही आँधीको परिणाम भएको बताइएको छ ।
सामाजिक सञ्जालमा आइरहेका यससँग सम्बन्धित तस्विर र भिडियोमा तमिलनाडुको ठूलो क्षेत्र जलमग्न भएको र त्यहाँ फसेका मानिसहरूलाई बचाउन उद्धार टोलीले डुङ्गाको प्रयोग गरिरहेको देख्न सकिन्छ।
यो वर्ष तमिलनाडुमा सामान्यभन्दा २० गुणा बढी वर्षा भएको छ ।
प्रतिक्रिया
Facebook Comment