बोन म्यारो पीडितलाई पत्रकार जोशीको सहयोग

डिसी नेपाल
५ पुष २०८० १४:३०

काठमाडौं। टेलिभिजन पत्रकार मनोज जोशीले बोन म्यारो रोगसँग लड्दै गरेकी धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका-२ मरेककी १९ वर्षीया प्रेमा रोगुको उपचारमा सहयोग गरेका छन्। उनले सहयोग स्वरुप २१ हजार १०० रुपैयाँ प्रेमाको परिवारलाई प्रदान गरेका हुन्।

विज्ञानमा स्नातक अध्ययनरत प्रेमा काठमाडौंको सिभिल अस्पतालमा आर्थिक अभावका कारण दुर्लभ बोन म्यारो रोगसँग लड्दै गरेको र पर्याप्त आर्थिक स्रोत नहुँदा प्रेमाको उपचार जारी राख्न नसकेको भन्ने सूचना पाएपछि पत्रकार जोशीले प्रेमालाई उपचारमा केही हदसम्म भएपनि सहयोगहोस् भन्ने हेतुले सो रकम प्रदान गरेको बताए।

प्रेमाका बुबा विष्णुकुमार रोगुले भने, ‘हामी सबै सहयोगी हातहरूलाई प्रेमाको जीवन बचाउन सहयोगको याचना गरिरहेको समयमा पत्रकार जोशीको यो सहयोग हाम्रा लागि अमूल्य सावित भएको छ।’

पत्रकारितासँगै लामो समयदेखि समाजिक कार्यमासमेत सक्रिय जोशीले अनाथ र बिपन्न परिवार, आर्थिक समस्यामा परेर उपचार गर्न समस्या बेहोरिरहेका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *