परराष्ट्रमन्त्री साउद र श्रीलंकाली समकक्षीबीच भेटवार्ता, द्विपक्षीय सम्बन्ध सुधारका विषयमा छलफल

दिपा पौड्याल
५ पुष २०८० १४:४५

काठमाडाैं। श्रीलंकाका विदेशमन्त्री अली साब्री र परराष्ट्रमन्त्री एनपी साउदबीच बिभिन्न बिषयमा छलफल भएको छ।

बिहीबार काठमाडौंमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी लगाएतका बिषयमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए।

उनले द्विपक्षीय सम्बन्धहरूको पुनरावलोकन गर्ने बिषयमा गम्भीर छलफल भएको, सार्क र बिमस्टेकलाई आउँदा दिनमा बलियो बनाउँदै लैजाने र सबै राष्ट्रका बीचमा सहमति बनाएर अघि बढ्ने बारेमा पनि कुरा भएको उनले बताए।

संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरुलाई दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए। मन्त्री साउदले आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्ने बारेमा पनि छलफल भएको जिकिर गरे।

त्यस्तै श्रीलंकाका विदेशमन्त्री अली साब्रीले दुईदेशबीच धैरै बिषयमा समानता रहेको भन्दै सहयोगको आदानप्रदानलाई प्राथमिकतामा राखिने बताए। उनले दुईदेशको सम्बन्धलाई थप प्रगाढ बनाउन शिक्षा, व्यापार, पर्यटन लगाएतका बिषयम लामो समय सहकार्य गर्दै लैजाने बताए।

उनले नेपालमा श्रीलंकाबाट लगानी गर्ने र नेपालबाट धेरै पर्यटकहरु श्रीलंकामा भित्राउने गरि सम्बन्धलाई अघि बढाउने जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *