जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा एनआरएनए स्पेनद्वारा राहत वितरण

डिसी नेपाल
५ पुष २०८० २०:०६

काठमाडौं। कात्तिक १७ गते राति जाजरकोट केन्द्र विन्दु भएर गएको शक्तिशाली भूकम्पबाट प्रभावितलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्पेनले राहत वितरण गरेको छ।

पश्चिम नेपालमा गएको भूकम्पपछि नोभेम्बर ४ मा स्पेनस्थित सम्पूर्ण संघसंस्थाको आपतकालीन बैठक बसी आर्थिक सहयोग संकलन गर्ने र संकलित राहत एकमुष्ट रुपमा एनसीसी स्पेनको नेतृत्वमा एकद्वार प्रणालीमार्फत भूकम्प प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग समन्वय गरी वितरण गर्ने निर्णय गर्ने गरेको थियो।

सो निर्णयपछि विभिन्न संघसंस्थामार्फत नौ हजार दुई सय २१ युरो आर्थिक संकलन भएको थियो।

उक्त संकलित आर्थिक सहयोगबाट भूकम्प प्रभावित क्षेत्रकोे वस्तुस्थिति बुझेर स्थानीय निकायका जनप्रतिनिधिसँग समन्वय गरी एनआरएनए स्पेनका सचिव नविन घिमिरेको नेतृत्वमा ८ डिसेम्बर मा जाजरकोटको कुशे गाउँपालिकामा र रूकुम पश्चिम जिल्लामा चौरजहारी नगरपालिकामा १३ लाख बराबरको राहत वितरण गरेको छ।

एनआरएनए स्पेनले जाजरकोटको कुशे गाउँपालिकामा १३० थान त्रिपाल, ब्ल्यांकेट १२० थान, न्यानो कपडा सेट ३ सय थान वितरण गरेको छ।

यसैगरी रूकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकाका भूकम्प पीडितलाई २ सय थान त्रिपाल, २ सय थान ब्ल्यांकेट र २ सय थान न्यानो कपडा सेट वितरण गरेको छ।

उक्त राहत संकलनमा आर्थिक सहयोग गर्ने गैर आवासीय नेपाली संघ कार्यसमिति, क्षेत्रीय समितिहरु, स्पेनस्थित सामाजिक, वैचारिक तथा जातीय संघसंस्था र सहयोग गर्ने स्पेनमा रहेका नेपाली समुदायप्रति एनआरएनए स्पेनका अध्यक्ष पेशल कोइरालाले धन्यवाद ज्ञापन गरेका छन्।

सो अभियानमा गैर आवासीय नेपाली संघ स्पेन, एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लांका स्पेन, नेपाल समाज एसोसिएसन कोस्टाब्लांका स्पेन, बागलुङ समाज स्पेन, कास्की आदर्श समाज स्पेनले सहयोग गरेका थिए।

यसैगरी तमु समाज स्पेन, एनआरएनए क्षेत्रीय समिति पाइसभास्को, पर्वत समाज स्पेन, चितवन समाज स्पेन, मगर समाज स्पेन, नेपाली जनसम्पर्क समिति स्पेन, देउसी भैलो टीम बार्सिलोना,स्याङ्जा सहयोग समाज स्पेन, मोना स्पेन, नेपाली जन प्रगतीशील मञ्च स्पेन, प्रवासी नेपाली मञ्च स्पेनले सहयोग गरेका थिए।

कात्तिक १७ गते राति जाजरकोट केन्द्र विन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी ठूलो जनधनको क्षति भयो। ६ दशमलव ४ रेक्टरस्केलको भूमम्पमा १ ४२ जनाको मृत्यु भएको थियो भने पाँच सय ५५ बढी घाइते भएका थिए।

सो भूकम्पबाट घरहरुमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्। त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण दीर्घरोगी, सुत्केरी र बालबालिकामा स्वास्थ्य समस्या देखा परेको छ।

भूकम्प पीडितको चिसोका कारण ज्यानसमेत गएको छ। भूकम्पपछि सरकारी तथा गैरसरकारी संघसंस्थाले राहत उपलब्ध गराउँदै अएका छन्। तर प्रयाप्त मात्रामा राहत नपुग्दा भूकम्प पीडितको जीवन कष्टकर बन्दै गएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *