नेपाललाई इशाइकरण गर्ने पश्चिमाको योजना उत्कर्षमा
जयप्रकाश मल्लले गोर्खा राज्यको बिस्तारसँग डराएर इण्डियामा राज गरिरहेका बृटिसहरुलाई बोलाएर सहयोग मागेपछि पश्चिमाको कुदृष्टि नेपालमाथि पर्दै गएको थियो।
बडामहाराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै उपत्यका बिजयपछि यहाँ भएका क्यापोचिन पादरीहरु सनातन वैदिक धर्मको बिरुद्धमा भएको पाएपछि ती पादरीलाई र उनका सहयोगी केही नेपालीलाई पनि देश निकाला गरेको इतिहासमा देखिन्छ।
अहिले केही नेताले इसाइहरु राजाको पालामा भित्रिएको भनेपनि त्यो सत्य होइन। राजा महेन्द्रको पालामा शिक्षालाई फाइदा पुग्ने गरी सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुल ललितपुर जिल्लामा मिसनरी स्कुल स्थापना हुने अवसर दिएको देखिन्छ।
शान्ता भवनलगायत केही मिसनरी अस्पताल पनि खुलेका थिए। तर ती स्कुल र अस्पतालले गुणस्तरीय पढाइ र स्वास्थ्य उपचारमा मात्र ध्यान दिएको देखिन्छ। ती स्कुलमा पढ्ने हाम्रा छोराछोरीले कहिले पनि क्रिस्चियन धर्मको वकालत गरेको देखिएन। उनीहरुलाई शिक्षकले पनि आफ्नो धर्म लिन दवाव दिइएको सुनिएन।
खासगरी इसाइहरुले अन्यत्र इसाइ र इस्लामिक धर्म फैलाउन संसारभरि नै प्रयास गरिरहेका थिए। युरोपेली देशहरु प्राय सबै क्रिश्चियन देशहरु छन् भने अरबमा सबै देश इस्लामिक देशहरु छन्। अफ्रिकामा झण्डै आधा आधा बाँडिएका छन्। अफ्रिकी देशका जनताका मौलिक धर्म प्राय मासिई सकिएको छ।
जहाँ ९० प्रतिशत भन्दा धेरै सनातन वैदिक धर्म मान्नेहरु छन्, जहाँ हिन्दु, बौद्ध, किरात सबै ओमकार परिवार भित्र पर्छन्। सबैमा अत्यन्त राम्रो एकता छ। तर यस भित्रका धार्मिक सहिष्णुताको परीक्षा लिन खोजिँदैछ। अर्थात् सुतेको बाघलाई उठाउने प्रयास गरिँदैछ। यदि त्यस्तो गरियो भने यसले ल्याउने दुस्परीणामबाट कोही पनि बच्न सक्ने छैनन्।
जहाँ जहाँ बेलायतीलगायत युरोपियन देशले उपनिवेस बनाइए त्यहाँ धेरैजसो देश इसाइ धर्म मान्ने देखिन्छन् भने कहीँ आधा इसाइ आधा इस्लाम धर्म मान्नेहरु पाइन्छन्। बेलायतले भारतमा राज गरेको बेलामा त्यहाँका दुर्गमा र अबिकसित राज्यहरु प्राय सबै तिर इसाई धर्म फैलाइएको देखिन्छ।
मिजोरम, नागाल्याण्ड, मनिपुर जस्ता दुर्गम र अशिक्षित जनता भएका राज्यमा पैसाको लोभमा इसाइ धर्म साथै अंग्रेजी भाषा सिकाइएको पाइन्छ। त्यहाँ स्थानीय जनताहरुको मौलिक धर्म प्राय हराइसकेको छ।
नेपालमा पञ्चायती ब्यबस्था र हिन्दु अधिराज्य भइन्जेल यहाँ सबै धर्मलाई कुनै हस्तक्षेप गरिएको थिएन। त्यही भएर यहाँ कहिलेपनि धार्मिक बिवाद भएन। त्यसको प्रमुख उदाहरण काठमाडौंको केन्द्र भाग घण्टाघरको दायाँ र बायाँ इस्लाम धर्मका दुईवटा ठूला मदरसा हुन्। इसाइका चर्च पनि मालिगाउँ तथा पाटनमा थिए।
त्यतिखेर कुनैपनि धर्मलाई जर्बजस्ती या लोभमा पारेर बदल्न खोज्नेलाई कारवाी हुन्थ्यो। जब नेपालमा २०६२–६३ मा कांग्रेस, एमालेसहित माओवादीको मिलेर आन्दोलन गरे, त्यसपछि बिदेशीको चलखेल तिब्र रुपमा बढ्न थाल्यो।
जब दिल्लीमा भारतले नेपालका राजा बिरुद्ध १२ बुँदे सम्झौता गरायो, त्यहाँबाट नेपाली जनताको हित बिरुद्ध केही सम्झौता गरियो। कतिपय गोप्य राखियो। त्यही अबसरमा अमेरिकालगायत पश्चिमाको चाहना अनुसार इसाइ धर्म फैलाउने मिसनसहित नेपालमा धर्मनिरपेक्ष लादियो।
संसारका कुनैपनि देश धर्म भन्दा बाहिर छैनन्। कोही इशाइ, कोही इस्लामिक, कोही बुद्ध धर्म मान्ने देशहरु छन् भने इजरायलले यहुदी धर्म मान्छ। इजरायल भित्र गएर कसैले यहुदीको बिरुद्ध बोल्न सक्छ? त्यो संभव छैन। नेपालमात्र एउटा हिन्दु धर्म मान्ने देश थियो।
जहाँ ९० प्रतिशत भन्दा धेरै सनातन वैदिक धर्म मान्नेहरु छन्, जहाँ हिन्दु, बौद्ध, किरात सबै ओमकार परिवार भित्र पर्छन्। सबैमा अत्यन्त राम्रो एकता छ। तर यस भित्रका धार्मिक सहिष्णुताको परीक्षा लिन खोजिँदैछ। अर्थात् सुतेको बाघलाई उठाउने प्रयास गरिँदैछ। यदि त्यस्तो गरियो भने यसले ल्याउने दुस्परीणामबाट कोही पनि बच्न सक्ने छैनन्।
नेपाल अत्यन्त संबेदनशील स्थानमा अवस्थित देश हो। जसका दुई छिमेकी देशमा अरबौंको जनसंख्या भएका संसारका सुपर पावर देश चीन र भारत रहेका छन्। चीनमाथि हस्तक्षेप गर्न अमेरिकाले नेपालका लोभी तथा बेइमान नेताको दुरुपयोग गर्दै अहिले सबैजसो ठूला दलका नेतालाई दुरुपयोग गरिरहेको छ।
जसलाई पश्चिामाले लाखौं डलरले जनता र देश बिरुद्ध उनीहरुको बुद्धि विवेक खरिद गरिरहेका छन्। आफ्नो पुर्खादेखि मानिंदै आएको सनातन देखिको वैदिक धर्मको बिरुद्धमा धेरै नयाँ इसाइहरु जन्माइएका छन्। खासगरी गरिब, तल्लो जाति, र तामाङ जातिमा यसको बिषारोपण प्रचुर मात्रमा गरिएको पाइन्छ।
इशाइ धर्मको प्रचारकमा प्रमुख रुपमा बाबुराम भट्टराई, माधव नेपाल देखिए पनि प्रायजसो माओवादीहरु आफूलाई क्रिश्चियन भन्न रुचाउँछन्। केही दिन अघि संस्कृति मन्त्री सुदन किरातीले क्रिश्चियन धर्मालम्बीको कार्यक्रममा क्रिश्चियनको बिरोध गर्नेहरुलाई हतकडी लगाएर जेल हाल्नु पर्छ भनेर बोलेपछि यसले ठूलो बिबाद जन्माएको छ। उनको राजीनामा मागिएको छ।
यसरी नेताहरुबाट नै समाजमा धार्मिक बिचलनको बिजारोपण गरिँदैछ। यो सबै हाम्रा बेइमान नेताको दुरुपयोग गर्ने पश्चिमाको खेल हो। उनीहरुले खासगरी गरिब देशका गरिब र पिछडिएका जनतालाई लोभमा पारेर इसाइ बनाइरहेका छन्।
प्रधानमन्त्री मेरो दललाई बहुमत दिनुहोस् म जातीय राज्य दिन्छु भन्छन्। उनका मन्त्री इशाइ धर्मको बिरोध गर्नेलाई हतकडी लगाएर जेल हालिन्छ भन्छन्। आजभोलि लोकतन्त्रको नाममा भाँडतन्त्र आएपछि देशभरमा छोटो समयमा हजारौं चर्च बनाइएका छन्।
लाखौं नेपालीलाई जर्बजस्ती या लोभमा पारेर इसाइ बनाइसकिएको छ। जसको प्रतिफल आज एउटै परिवार भित्र पनि धार्मिक झगडा बढ्दै गएको छ। यसरी नै अगाडि बढ्दै गएमा नेपालमा धार्मिक युद्ध हुन सक्ने संभावना देखिन्छ। यो सबै अमेरिकालगायत पश्चिमाको अभियान नै हो।
त्यसपछि उनीहरुको खेल अघि बढ्दै गएर यहाँबाट तिब्बतमा यसको प्रभाव बढाउनु हो। जसको उद्देश्य चीनलाई कमजोर पार्ने अमेरिकी नीति हो। अहिले नेपालका नेताको कुदृष्टिकोण, अबिवेकी सोच र बिदेशीको दास बन्ने मनोबृतिको कारण पश्चिमाको दीर्घकालिन योजना सफल हुने प्रयास हुनेतर्फ अघि बढ्दैछ। त्यसैले यसलाई रोक्न प्रत्येक नेपालीको मुख्य कर्तब्य भएको छ।
अहिले राप्रपालगायत दुर्गा प्रसाईंको हिन्दुधर्म राजसंस्था फर्काउने अभियानलाई राष्ट्रभक्तहरुको सहयोग अवश्य आवश्यक पर्दैछ। ठूला दल भित्रका पनि केही बिदेशी दलाल बाहेक राम्रा नेताहरु पनि जागेर अघि बढ्न आबश्यक भइसकेको छ। जसको लक्षण काँग्रेस सभापतिले हिन्दुधर्म सम्बन्धमा छलफल गर्न सकिने भनेका छन्।
नेकपा एमालेका केपी ओलीलगायतका नेताले गेरु बस्त्र धारण गरेर जनता सामु जानु राम्रै लक्षण हो। केवल प्रचण्डलाई मोदीको इसाराको पर्खाइमा बसेको भान हुँदैछ। शायद कुनैदिन प्रचण्डले धर्म निरपेक्ष हटाएर हिन्दु धर्मसहित राजसंस्था कायम गर्ने प्रस्ताव गरे भने कसैले पनि अचम्म नमाने हुन्छ।
नेपाल एसिया कै सबभन्दा गरिब राष्ट्र भइरहँदा देशमा सुशासनसहित तिब्र बिकासमा लैजान अत्यन्त ढिला भइसकेको छ। जनतालाई धार्मिक र सामाजिक युद्ध गराइ लढाउने प्रबृति भएका नेतृत्वबाट कसरी देशलाई पार लाउन सकिन्छ अब त्यसतर्फ सर्बसाधरण जनता तथा बुद्धिजिवी होमिन आवश्यक छ।
Facebook Comment