सैलुङमा कविता यात्रा सम्पन्न, ‘स्रष्टा घर’ बनाइने
![सैलुङमा कविता यात्रा सम्पन्न, ‘स्रष्टा घर’ बनाइने](https://www.dcnepal.com/wp-content/uploads/2023/12/sailung.jpg)
दोलखा। दोलखाको सैलुुङमा आयोजना गरिएको सैलुुङ सांस्कृतिक पर्यटनका लागि कविता यात्रा सम्पन्न भएको छ। वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा कविता यात्रासँगै ‘स्रष्टा घर’ शिल्यानास कार्यक्रम सम्पन्न भएको छ।
साहित्यिक पत्रकार सङ्घको आयोजना तथा संयोजन एसएस फाउन्डेसन काठमार्डां–८ सैलुुङ र समाजसेवी शोभित उप्रेतीको सहयोगमा आयोजना गरिएको कविता यात्रामा कलाकार तथा साहित्यकारको सहभागिता रहेको थियो।
श्रीबाबु कार्की, नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, गायिका ऋतुु कँडेललगायत सहभागी थिए । यही पुस ४ देखि ६ गतेसम्म भएको उक्त कार्यक्रममा साहित्यकारहरुले सैलुुङको थुम्कामा उपस्थित भई आ–आफ्ना सिर्जना वाचन गरेका थिए।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ‘सैलुुङ स्रष्टा घर’समेत शिलान्यास गरिएको छ। समाजसेवी उप्रेतीले साहित्यकारहरुको सम्मानमा लाखौँ मूल्यको जग्गा भवन बनाउन उपलब्ध गराएका हुन्।
सैलुङको कालापानीमा शिलान्यास गरिएको उक्त भवन निर्माणपछि साहित्यकारका लागि उत्कृष्ट गन्तव्य हुने समाजसेवी उप्रतीले बताए।
सैलुङको डाँडामा बसेर साहित्यिक विधाको अध्ययन अवलोकनसँगै साहित्य सिर्जना गर्न सहज हुने वरिष्ठ कलाकार श्रेष्ठको भनाइ छ। सैलुुङको पर्यटन विकासमा स्रष्टा घरबाट मद्दत पुग्ने उनी बताउँछन्।
Facebook Comment