‘हामीलाई उक्साइयो भने परमाणु हमला गर्न हिचकिचाउँदैनौं’ – किम जोङ उन
काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उनले फेरि एकपटक परमाणु हमलाको धम्की दिएका छन् । किम जोङले आफूलाई कुनै शत्रुले आणविक हतियारको विषयमा उक्साएमा प्योङयाङले आणविक हमला गर्न नहिचकिचाउने बताएका छन् ।
केसीएनए समाचार एजेन्सीका अनुसार किम जोङले भर्खरै इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलको प्रक्षेपण अभ्यासका सम्बन्धमा सैनिकहरूलाई भेट्ने क्रममा यो बयान दिएका थिए।
केसीएनएले रिपोर्ट गरेको छ, “उनले (किम जोङ) यस पटक आफ्नो दृढ सैन्य गतिविधि र आणविक रणनीति आक्रामक प्रतिकारका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। यदि कुनै शत्रुले हामीलाई उक्साएमा हामी (उत्तर कोरिया) आणविक आक्रमण गर्न सक्षम हुनेछौं र अलिकति पनि हिचकिचाउने छैन।”
उत्तर कोरियाले अमेरिकाको बढ्दो शत्रुताको बिरूद्ध आफ्नो आणविक शक्ति बढाउन सोमबार आफ्नो नयाँ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल परीक्षण गरेको मंगलबार बताएको छ । यस परीक्षणको अमेरिका र उसका सहयोगीहरूले निन्दा गरेका थिए। समाचारका अनुसार अमेरिका र दक्षिण कोरियाले मिलेर आणविक योजना बनाएको देखेर उत्तर कोरियाले यी प्रक्षेपणमार्फत आफ्नो शक्ति देखाएको छ ।
किमले सोमबारको प्रक्षेपणले सेनाको उच्च गतिशीलता र द्रुत स्ट्राइक क्षमताको प्रदर्शन गरेको बताए। उनले आफ्नो लडाई क्षमतालाई अझ बलियो बनाउन प्रयास गर्न आग्रह गरे।
एक अलग बयानमा किमकी बहिनी किम यो जोंगले आइसीबीएम प्रक्षेपणमा बैठक आयोजना गरेकोमा संयुक्त राष्ट्र सुरक्षा परिषदको निन्दा गर्दै भनिन् “यो देशको आत्मरक्षाको अधिकारको अभ्यास हो।”
Facebook Comment