क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ गाउँपालिकाले दियो तीन दिन बिदा
काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाइ धर्माबलम्बीहरूको पर्व क्रिसमसमा तीन दिन सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकामा इकाइ धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकाले पुस ८, ९ र १० गते अर्थात् डिसेम्बर २४, २५ र २६ गते सार्बजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जारी गरेको सूचनामा उल्लेख छ।
सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा जनाइएको छ। हरेक वर्ष डिसेम्बर २५ मा मनाइने क्रिसमस यस वर्ष पुस ९ गते परेको छ।
Facebook Comment
प्रतिक्रिया
क्रिस्टियनहरूको देशमा १ दिन मात्र बिदा हुन्छ हिन्दुको देशमा ३ दिन???कस्तो प्रगती गरेछ !!! म त छक्क् परे बा।