एक नागरिकले फोन गरेर गुनासो गरेपछि पुटिनले देशभर अण्डा र कुखुराको मासुको मूल्य घटाए

डिसी नेपाल
८ पुष २०८० ११:२०

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आयात हुने अण्डा र कुखुराको मासुलाई सबै करबाट छुट दिने निर्णय गरेका छन् ।

पुटिनले एक जना नागरिकले फोन गरेर गुनासो गरेपछि यो निर्णय लिएका हुन् ।

वास्तवमा, प्रत्येक वर्षको अन्त्यमा रसियाका राष्ट्रपतिले फोन कल मार्फत देशका जनतासँग कुरा गर्छन्। देशका नागरिकले सिधै फोन गरेर आफ्ना समस्या सुनाउन सक्छन् ।

भर्खरै एक कलरले पुटिनसँग आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । कुखुरा र अण्डामा चर्को आयात शुल्क लागेकाले बढी पैसा तिर्नुपरेको उनको भनाइ छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिनले फोन गर्ने व्यक्तिको गुनासोलाई सम्बोधन गर्दै आयात शुल्क घटाउने निर्णय गरे र अहिले यसलाई लागू गरिएको छ।

रुसमा आगामी तीन महिनामा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *