पुटिनलाई चुनौती दिने घोषणा गर्ने रुसी पत्रकारले चुनाव लड्न नपाउने

डिसी नेपाल
८ पुष २०८० १२:२३

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिने घोषणा गरेकी रुसी टेलिभिजन पत्रकार एकातेरिना डन्टोभाले आगामी निर्वाचनमा भाग लिन पाउने छैनन् ।

उनलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ । एकातेरिनाले मार्चमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भाग लिन तीन दिनअघि नै दर्ताका लागि निवेदन दिएकी थिइन् । रुसी निर्वाचन आयोगले आवेदनमा ‘त्रुटि’ भएको भन्दै उनको उम्मेदवारी अस्वीकार गरेको छ ।

यसको मतलब अब उनले रुसी राष्ट्रपति चुनावमा भाग लिन पाउने छैनन् ।

एकातेरिना पुटिनको आलोचक हुन् । समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै उनले भनिन्, “धेरै रुसीहरूले चुनावमा भ्लादिमिर पुटिनलाई कसैले चुनौती दिएको चाहन्थे।”

युक्रेनसँग युद्ध सुरु भएपछि रुसमा पहिलो पटक आम निर्वाचन हुन लागेको हो । पुटिनको वर्तमान चौथो कार्यकाल सन् २०२४ मा समाप्त हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *