इजरायलको जहाजमाथि भारतको पोरबन्दर नजिक आक्रमण

डिसी नेपाल
८ पुष २०८० १३:४२

काठमाडौं । समाचार एजेन्सी रोयटर्सले बेलायती सामुद्रिक सुरक्षा कम्पनी एम्ब्रेलाई उद्धृत गर्दै भारतको पश्चिमी तट नजिकै इजरायलसँग सम्बन्धित व्यावसायिक जहाजमा हवाई हमला गरिएको जनाएको छ ।

जहाजमा आक्रमण हुँदा यो पोरबन्दर तटबाट २१७ माइल टाढा रहेको थियो । गाजा युद्ध सुरु भएयता लाल सागर बाहिर कार्गो जहाजमा आक्रमण भएको यो पहिलो घटना हो।

भारतीय नौसेनाका एक अधिकारीले नाम नखुलाउने शर्तमा समाचार एजेन्सीलाई भनेअनुसार चालक दल र जहाजको सुरक्षा सुनिश्चित गरिएको छ।

भारतीय नौसेना र भारतीय कोस्ट गार्ड जहाजहरू थप मद्दत प्रदान गर्न व्यापारी जहाजहरू तर्फ अघि बढिरहेका छन्।

अल इन्डिया रेडियोका अनुसार साउदी अरबबाट कच्चा तेल बोकेको ट्याङ्कर एमभी केम प्लुटोको रुपमा रहेको छ । ट्याङ्करमा करिब २० भारतीय सवार थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *