के आइपीएल २०२४ धोनीको अन्तिम आइपीएल हुनेछ ?
काठमाडौं । आईपीएलको १७ औं सिजन सुरु हुन अझै तीन महिना बाँकी छ । चेन्नई सुपर किंग्सका कप्तान र विश्वका महान् खेलाडी मध्ये एक महेन्द्र सिंह धोनी आइपीएलका सबै सिजन खेल्ने थोरै खेलाडी मध्ये एक हुन्।
तर, पछिल्ला केही सिजनदेखि आइपिएलको कुनै विशेष सिजन धोनीको अन्तिम हुने हो कि भनेर धेरै चर्चा भइरहेको छ । यो प्रश्न यसपटक पनि उठिरहेको छ ।
शनिबार, यही प्रश्न सीएसके सीईओ कासी विश्वनाथनलाई सोधिएको थियो।
अंग्रेजी दैनिक इण्डियन एक्सप्रेसका अनुसार उनले चेन्नईमा जुनियर सीएसके कार्यक्रमको उद्घाटनको क्रममा भने “मलाई त्यो थाहा छैन। हेर्नुहोस् जहाँसम्म कप्तानको सवाल छ उनले नै तपाईंलाई सीधै जवाफ दिन सक्छन् । उनले के गर्न गइरहेका छब् भन्ने कुरा हामीलाई बताउँदैनन् ।”
घुँडाको शल्यक्रियापछि धोनीको फिटनेसबारे सीईओ विश्वनाथनले भने, ‘उनी अहिले राम्रो गरिरहेका छन् । उनले आफ्नो कमब्याक सुरु गरिसकेका छन् । उनले जिममा कसरत गर्न थालेका छन् । हुनसक्छ अबको १० दिनमा उनले नेटमा पनि काम गर्न थाल्छन् ।”
आफ्नो टीमको लागि आईपीएल २०२३ ट्रफी जितेपछि धोनीले छ महिना अघि जुनमा मुम्बईको एक अस्पतालमा आफ्नो बायाँ घुँडाको शल्यक्रिया गराएका थिए।
Facebook Comment