अब युक्रेनले रुससँग नभई अर्कै दिन क्रिसमस मनाउने

डिसी नेपाल
८ पुष २०८० १४:५९

काठमाडौं । युक्रेनले सन् १९१७ पछि पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाउने भएको छ । यसअघि यहाँ जनवरी ७ मा क्रिसमस मनाउने गरिएको थियो । यो जुलियन क्यालेन्डरको आधारमा गरिएको थियो, जुन रूसले पनि प्रयोग गर्दछ।

डिसेम्बर २५ मा क्रिसमस मनाउनु भनेको चाडपर्वको दिनमा परिवर्तन मात्र होइन । यो युक्रेनले सांस्कृतिक परिवर्तनका लागि चालेको कदमको एउटा हिस्सा हो । जसअन्तर्गत उसले यसमा रुसको प्रभाव अन्त्य गर्न चाहन्छ ।

पश्चिमी ग्रेगोरियन क्यालेन्डर अपनाउनु पनि युक्रेनले आफूलाई युरोपसँग नजिक ल्याउने प्रयासको एक हिस्सा हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *