दक्षिण गाजामा इजरायली आक्रमणमा एकै परिवारका ७६ जनाको मृत्यु
काठमाडौं । दक्षिण गाजामा इजरायली हवाई आक्रमणमा एकै परिवारका ७६ जनाको मृत्यु भएको छ । एक दिनअघि मात्रै संयुक्त राष्ट्र प्रमुखले गाजामा कोही पनि सुरक्षित नभएको चेतावनी दिएका थिए ।
गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमूद बस्सलले शुक्रबार गाजा शहरको एउटा भवनमा भएको आक्रमण इजरायल-हमास युद्धको सबैभन्दा घातक हमला भएको बताए। यो युद्ध अब १२ औं हप्तामा प्रवेश गरेको छ।
एजेन्सीका प्रमुख अचिम स्टाइनरले भने “इसाम र उनको परिवारका सदस्यहरू गुमाउँदा हामी सबैलाई गहिरो असर परेको छ। यो युद्ध अन्त्य हुनुपर्छ।”
अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा लगभग १२,०० मानिसहरु मारिएका थिए र लगभग २४० बन्धक बनाइए । जसपछि इजरायल युद्धको घोषणा गर्यो। इजरायलले गाजामा हमासलाई ध्वस्त र सत्ताबाट हटाउने र सबै बन्धकहरूलाई मुक्त नगरेसम्म युद्ध जारी राख्ने वाचा गरेको छ।
हमासलाई नष्ट गर्न इजरायलको युद्धमा २०,००० भन्दा बढी प्यालेस्टाइनीहरू मारिएका छन् र ५३,००० भन्दा बढी घाइते भएका छन् । इजरायलले नागरिकको मृत्युमा भएको वृद्धिको लागि हमासलाई दोष दिएको छ। अक्टोबर ७ यता हजारौं हवाई हमला भएका छन् ।
Facebook Comment