नयाँ वर्षको मुखमा पेटीएमले एक हजार भन्दा बढी कर्मचारीलाई कामबाट निकाल्यो

डिसी नेपाल
१० पुष २०८० ११:००

काठमाडौं । २०२३ साल सकिन अब ६ दिन मात्र बाँकी छ र नयाँ वर्ष अर्थात २०२४ लाई स्वागत गर्ने तयारी भइरहेको छ । धेरै साना ठूला कम्पनीहरूमा नयाँ वर्षमा कर्मचारीलाई बोनस र पुरस्कार पनि दिइँदैछ ।

तर, अनलाइन भुक्तानी सेवा प्रदान गर्ने विशाल कम्पनी पेटीएमको व्यवस्थापनले नयाँ वर्ष सुरु हुनुअघि नै आफ्ना कर्मचारीहरूलाई ठूलो झट्का दिएको छ । वास्तवमा पेटीएमको पेरेन्ट कम्पनी वन ९७ कम्युनिकेसन्सले १ हजार भन्दा बढी कर्मचारीलाई निकालेको छ ।

बिजनेश टुडेमा प्रकाशित रिपोर्टका अनुसार पेटीएमले लागत कटौती र व्यवसायलाई सुव्यवस्थित गर्ने प्रक्रियाको एक भागको रूपमा यी प्रमुख कटौतीहरू गरेको छ। साथै आगामी दिनमा यस्ता थप निर्णयहरु हुन सक्ने समेत संकेत गरिएको छ ।

शेखर शर्माको कम्पनी पेटीएममा लिइएको छटनीको यो निर्णयले पेटीएमको करिब १० प्रतिशत कार्यबललाई असर गरेको छ। रिपोर्टका अनुसार पेटीएममा भएको यो छटनीका कारण कम्पनीको कर्जा कारोबारसँग सम्बन्धित खण्ड सबैभन्दा बढी प्रभावित भएको छ ।

प्रवक्ताले बर्खास्तीको कुरालाई स्वीकार गर्दै पेटीएमले चालू आर्थिक वर्षमा १० देखि १५ प्रतिशत कर्मचारीको खर्च घटाउने लक्ष्य रहेको बताए । उनका अनुसार बर्खास्तीबाट प्रभावित अधिकांश पदहरू कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा प्रतिस्थापन गरिएका छन्। यद्यपि, यो छटनीको बारेमा व्याख्या गर्दा प्रवक्ताले पेटीएम भुक्तानी व्यवसायमा आगामी वर्ष १५ हजार कर्मचारीको संख्या बढाउन सक्ने पनि बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *