सुनको मूल्य बढ्यो
काठमाडौं। नेपाली बजारमा सुनको भाउ फेरि १ लाख २० हजार नाघेको छ। कारोबार साताको दोश्रो दिन स्थिर रहेको सुनको मूल्य कारोबार साताको तेश्रो दिन मंगलबार तोलामा ६०० बढेसँगै १ लाख २० हजार नाघेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १० रुपैयाँले बढेसँगै प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment