संयुक्त राष्ट्रसंघले भन्यो- गाजामा इजरायलको बमबारी सुस्त हुने संकेत देखिएको छैन
काठमाडौं । गाजामा इजरायलको बमबारीमा कुनै कमी आएको छैन। संयुक्त राष्ट्रका एक अधिकारीले गाजाका अस्पतालहरूको भ्रमण गरेपछि बीबीसीलाई यो कुरा बताएका हुन् ।
गाजाका अस्पतालहरूको अवस्था अत्यन्तै खराब छ र उनीहरूलाई आवश्यक औषधि र सामानहरू आपूर्ति गर्न संघर्ष भइरहेको छ।
संयुक्त राष्ट्र संघको मानवीय संस्था ओसीएचएकी जेम्मा कोनेलले बीबीसीलाई बताएअनुसार उनले सोमबार मध्य गाजाको अल-अक्सा अस्पतालमा देखेको कुरा “पूर्ण रूपमा नरसंहार” थियो।
अस्पतालमा क्षमताभन्दा धेरै बिरामी देखिएकाले गम्भीर घाइते भएका धेरैको उपचार हुन नसकेको उनले बताए ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालै भनेका थिए – हामी यो लडाईलाई तिब्रता दिनेछौं र यो हमासको विनाश नभएसम्म जारी रहनेछ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलले आक्रमणको तीव्रता घटाउनुपर्ने बताएपछि उनको बयान आएको हो।
एक अलग घटनाक्रममा, पेन्टागनले भन्यो – अमेरिकी सेनाले इरबिल एयरपोर्टमा आक्रमणको जवाफमा इराकमा “इरान समर्थित मिलिशियाहरू” विरुद्ध हवाई आक्रमण सुरु गरेको छ। जसमा तीन अमेरिकी सैनिक घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अमेरिकी सेनाले हिजबुल्लाहका तीनवटा स्थानलाई निशाना बनाएको बताए ।
Facebook Comment