सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलाकै १ लाख २२ हजार पुग्यो

डिसी नेपाल
१२ पुष २०८० १२:५४

काठमाडौं। सुनको भाउ तोलाकै १ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

बुधबारको तुलनामा बिहीबार १ हजार ३०० सय रुपैयाँले बढेर छापावाला सुन तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको मूल्य हालसम्मकै उच्च हो।

यसअघि १८ मंसिरमा १ लाख २१ हजार ६०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । यसलाई तोड्दै बिहीबार नयाँ रेकर्ड कायम गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *