क्रिकेटर सन्दीपको मुद्दामा आज पनि सुनवाइ

डिसी नेपाल
१३ पुष २०८० ९:४७

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि सुनवाइ हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा केही दिनदेखि जारी सुनुवा बहस नटुङ्गिए पछि आजसम्मका ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। जसअनुसार सम्भवतः आजै फैसला आउने गरी सुनवाई हुने बुझिएको छ।

हिजोको सुनवाईमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठलगायतले बहस गरे पनि श्रेष्ठको बहस सकिएको थिएन। शुक्रबार पनि श्रेष्ठले बहस गर्नेछन्।

गत आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनवाइ जारी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *