घरजग्गा मेला : प्रसिद्ध रोहनी हाउजिङको नगरकोट ड्रिम सिटी योजना
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा पौष १२ गतेदेखि सञ्चालन भइरहेको आठौं घरजग्गा मेलामा उपभोक्ताहरूले उल्लेख्य उपस्थिति जनाएका छन् । लामो समयपछि घरजग्गा मेला सञ्चालन भएकाले घरजग्गा किन्ने क्रेता र बिक्रेताहरूको उपस्थिति मेलामा उल्लेख्य रहेको हो ।
मेलामा रहेका सिडी डेभलपर्स, प्रसिद्ध रोहनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि.,(नगरकोट ड्रीम सिटि) ग्रिन हिल सिटी, ग्रिन सिटी नेपाल, सिजी प्रपर्टी रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना प्रपर्टीहरु राखेका छन् ।
मेलामा प्रसिद्ध रोहनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि.ले हेटौँडा, विराटनगरदेखि नगरकोटसम्म जग्गा र नगरकोट ड्रिम सिटीको योजना अघि सारेको छ । यो व्यवस्थित र अहिलेको मापदण्डअनुसार खुला क्षेत्रसहित राखेर खुला क्षेत्रमा पनि कम्युनिटी हल गार्डेनसहित बनाउने काम भइरहेको प्रा.लि.का अध्यक्ष ध्रुव घिमिरेले बताए । उनले हेटौंडामा पनि ड्रिम सिटी बनाइरहेको र हेटौँडाको १० धुरमा बनेका घरको मूल्य एक करोडसम्म पर्ने बताए । नगरकोटको काम सुरु भएको ६ महिना भएको र सो अवधिमा अहिले सबै काम सकिसकेर बाटोको रेखांकनको काम भइरहेको बताए ।
Facebook Comment